Logo

नबिल बैंकका लगानीकर्तालाई ४८ प्रतिशत लाभांस, चुक्ता पूँजी ८ अर्ब माथी

नबिल बैंकका लगानीकर्तालाई ४८ प्रतिशत लाभांस, चुक्ता पूँजी ८ अर्ब माथी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल बैंकले आफ्ना सेयर धनीलाई ४८ प्रतिशत लाभांस दिने भएको छ । बैंकले आफ्ना सेयर धनीलाई नगद र बोनस सेयर गरी कुल ४८ प्रतिशत लाभांश दिन लागेको हो ।

बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले उक्त बोनस वितरण गर्ने निर्णय गरेको हो । बैंकल आर्थिक बर्ष २०७३÷७४ मा बाणिज्य बैंकहरुमा सबैभन्दा बढी नाफा आर्जन गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । बोसन सेयर बितरण गरेसँगै चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले पूँजी बृद्धिको योजना ल्याएसँगै चुक्ता पूँजी ८ अर्ब पुर्याएर लगानीकर्तालाई नगद लाभांस घोषणा गर्नेमा नबिल पहिलो बाणिज्य बैंक बनेको छ ।

नबिलले सेयर धनीलाई नगद र सेयर गरी ४८ प्रतिशत बोनस घोषणा गरेसँगै सेयर मूल्य बढेको छ । तर, बजारमा सेयर मूल्य केही बढेपनि खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको संख्या बढी रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले देखाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL