Logo

सगरमाथा प्राप्तीसँगै सेञ्चुरीको एकिकृत कारोबार शुरु, चुक्ता पूँजी साढे ५ अर्ब

सगरमाथा प्राप्तीसँगै सेञ्चुरीको एकिकृत कारोबार शुरु, चुक्ता पूँजी साढे ५ अर्ब


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सको प्राप्ती पश्चात एकिकृत कारोबार शुरु गरेको छ । बैंकले गत बर्षको सगरमाथा फाइनान्सलाई खरिद गरी एकिकृत कारोबार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले सगरमाथालाई खरिद गरेको हो । सगरमाथा एक्विजिशनसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ४६ करोड पुगेको छ । उक्त एकिकृत कारोबारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन् ।

सगरमाथा प्राप्तीसँगै बै.कको शाखा संख्या ६६ पुगेको छ । बैंकले अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स प्राप्त गरी एकीकृत कारोबार गदैछ । ती संस्था प्राप्ती पश्चात ४० प्रतिशत हकप्रद सेयर दिएर बैंकले चुक्ता पूँजी पुर्याउने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL