Logo

सिद्धार्थ डेभलपमेण्ट बैंकको नयाँ शाखा हेटौडामा, शाखा संख्या ३९ पुग्यो

सिद्धार्थ डेभलपमेण्ट बैंकको नयाँ शाखा हेटौडामा, शाखा संख्या ३९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९ औं शाखो हेटौंडामा स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले शाखाको उद्दघाटन गरे।

सो अवसरमा उनले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ सेवालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीयतहहरुमा विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा उद्योग बाणिज्य संघ हेटौंडाका अध्यक्ष राजकुमार न्यौपानेले डेभलपमेण्ट बैंकले हेटौंडामा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गरे ।
साथै उनले ब्यापारिक कर्जा भन्दा पनि प्रोजेक्टमा आधारित कर्जामा लगानी बढाउँन सुझाव दिए ।

उक्त कार्यक्रममा डेभलपमेण्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले सो शाखामा जडान गरिएको एटिएम मेशिनको उद्घाटन गरे ।सो अबसरमा डेभलपमेण्ट बैंकको जनता बैंक नेपाललि.सँग एक्विजिशन सम्बन्धी प्रकृया टुंगिन लागेको जानकारी दिए । जसबाट दुई सवल बैंकहरुको एकिकृत कारोवारबाट उच्चस्तरको बैकिङ सेवा अभिबृद्विका लागि सहयोग पुग्ने बताए ।

कार्यक्रममा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सिद्वार्थ डेभलपमेण्ट बैंक व्यावसायिक तथा साँगठनिक रुपमा सबल डेभलपेण्ट बैंक रहेको र जनता बैंक नेपाल लिमिटेडसँगको एकिकृत कारोवारले नेपालको बैकिङ क्षेत्रमा एक सवल, सक्षम र उच्च व्यावसायिक बैंकको रुपमा गुणात्मक बृद्धि गरी वित्तीय पहुँच विस्तार गर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL