Logo

सेञ्जुरी बैंकको ८ अर्ब योजना, सेती फाइनान्स खरिद गर्न समझदारी

सेञ्जुरी बैंकको ८ अर्ब योजना, सेती फाइनान्स खरिद गर्न समझदारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चुक्ता पूँजी बृद्धिको अन्तिम समय आइपुग्दा बैंक तथा वित्तीय सस्थाले मर्जर तथा एक्विजिशनलाई उच्च प्राथमिकता दिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुरुप ८ अर्ब चुक्ता पूँजी पुर्याउन सेञ्चुरी कमर्सियल बैंकले कैलालीमा केन्द्रीय कार्यालय रहेको सेती फ्mाइनान्सलाई खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो । हाल सेती फाइनान्सको पूँजी १५ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यस अघि सेञ्चुरी बैंकले इन्नोभेटिभ डभलेपमेन्ट बैंक तथा अरनिको डेभलेपमेन्ट बैंकलाई खरिद गरी संयुक्त कारोबारको तयारी गरेको छ भने सगरमाथा फ्mाइनान्स ,अल्पाइन डेभलेपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती पश्चात् करिब १ अर्ब २० करोड पूँजी थप हुनेछ ।

सेञ्चुरी बैंकले श्री इन्नोभेटिभ डेभलेपमेन्ट बैंक र अरनिको डेभलेपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात् ४० प्रतिशत हकप्रद अर्थात १ अर्व ८८ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने सम्झ्mौता गरिसकेको छ । उक्त हकप्रद आएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL