Logo

सुरु भयो राष्ट्र बैंकको संचालक बन्ने दौडधुप, चर्चामा पंगेनी र रेग्मी

सुरु भयो राष्ट्र बैंकको संचालक बन्ने दौडधुप, चर्चामा पंगेनी र रेग्मी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितीका सदस्यको पद रिक्त भएसँगै नयाँ नियुक्तीको लागि दौडधुप सुरु हुन थालेको छ । यही चैत १५ गते संचालकद्वय रामहरी अर्याल र श्रीराम पौडेलको कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्तिका लागि दौडधुप सुरु भएको हो ।

दुई जना संचालकका लागि अहिले आधा दर्जन भदा बढीले लबिङ शुरु गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार संचालक बन्नका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी र नेपाल स्टक एक्स्चेञ्च (नेप्से) का अध्यक्ष रामजी रेग्मी उच्च प्रतिस्र्धामा छन् ।

उमेर हदका कारण अवकाश पाउँदै गरेका पंगेनी अहिले घरविदामा बसेर संचालकका लागि लविङ गरिरहेको स्रोतले बताएको छ ।

यसैगरी नेप्सेका अध्यक्ष रेग्मी पनि संचालक बन्नका लागि तीव्र दौडधुप सुरु गरेका छन् । हालै संचालकको समयावधि पुरा गरेका पौडेल र अर्याल पनि दौडमा छन् ।

केही समय अघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त शिवनाथ पाण्डे पनि दौडमा रहेको स्रोतको दाबी छ ।

संचालकको ढिलाईमा बोर्ड प्रभावित

राष्ट्र बैंकमा संचालक नियुक्ती नहुँदा नियमित बोर्ड बैंठक अन्योलमा परेको छ । राष्ट्र बैंक संचालक समितिको बैंठकले बैंक वित्तीय संस्था सम्बन्धी विभिन्न नीति नियम, मर्जर तथा एक्विजिशन सम्बन्धी निर्णय तथा महत्वपूर्ण सर्कुलर जारी गर्ने विषय संचालक नहुँदा अघि बढ्न सकेको छैन ।

राष्ट्र बैंकमा तीन जना संचालक बाहिरबाट नियुक्ती हुने चलन छ । तीमध्ये दुई जनाको कार्यकाल सकिएको र एक जनाको योग्यताको विषयमा मुद्दा परेका कारण तत्कालका लागि बारिहबाट नियुक्त सबै सदस्य खाली हुन पुगेको हो ।

राष्ट्र बैंक संचालक समिति बैंठक बस्न बाहिरको एक जना सदस्य अनिवार्य रहेका कारण पछिल्लो समय महत्वपूर्ण विषयमा निर्णय हुन नसकेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

संचालक द्वय अर्याल र पौडेलको यही चैत्र १५ बाट कार्यकाल सकिएको छ । अर्का सदस्य बालकृष्णमान सिंहको शैक्षिक योग्यताका कारण अहिले मुद्दा विचाराधिन अवस्थामा छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL