Logo

५५ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, ६ महिनामा कमायो ६२ करोड

५५ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, ६ महिनामा कमायो ६२ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षकोे दोस्रो त्रैमासमा ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५५ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधमिा ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

पाँच अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकले पुस मसान्तसम्म आईपुग्दा ५० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले ४६ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन २८ प्रतिशतले बढाउँदा कर्जा प्रवाह भने ४० प्रतिशतले बढ्न पुगेको छ ।

बैंकले ब्याज आम्दानीमा बृद्धि गरेसँगै समग्र नाफामा सुधार गरेको हो । यसैगरी खराबकर्जा समेत घटाएको छ । सबैभन्दा कम खराबकर्जा रहेको सानिमा बैंकले यस वर्ष अझै घटाएर शुन्य दशमलव ०१ प्रतिशतमा झारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL