Logo

ग्लोवल आईएमईद्धारा बार्षिकोत्सव विशेष कार्यक्रम आयोजना, ४५ बृद्धबृद्धालाई कम्वल वितरण

ग्लोवल आईएमईद्धारा बार्षिकोत्सव विशेष कार्यक्रम आयोजना, ४५ बृद्धबृद्धालाई कम्वल वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो ।

बैंकले १०औँ वार्षिकोत्सव कै अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो । २०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ ।

स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ अर्वाडबाट सम्मानित भएको बताइएको छ । ९१ शाखा, १ सय ३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुक्त मोवाइल बैंकिंङ इन्टरनेट बैंकिंङको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायत मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL