Logo

सनराइज बैंक र मलेसिया भिएलएनबीच सम्झौता, भिसा शुल्क सनराइबाट

सनराइज बैंक र मलेसिया भिएलएनबीच सम्झौता, भिसा शुल्क सनराइबाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक र मलेसिया भिएलएन नेपालबीच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

मलेसियाका लागि भिसा आवेदकहरुलाई एकद्धार केन्द्रको सुविधा प्रदान गर्न सनराइज बैंक र भिएलएनबीच सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मलेसिया भिएलएन नेपालका अध्यक्ष रामप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार भिसा आवेदन दिदा लाग्ने शुल्क सनराइज बैंकमा जम्मा गर्नुपर्ने छ ।

मलेसिया भिएलएन नेपाल प्रालि मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि मलेसियाली दूतावासबाट अधिकार प्राप्त संस्था हो । मलेसियाका लागि भिसा आवेदकहरु ले सनराइज बैंकको ६७ वटै शाखामा मलेसियाको लागि विद्युतीय भिसा आवेदन लगायत भिसाको लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् । मलेसिया भिएलएन नेपालको कार्यालय मेट्रो पार्क भवन, उत्तर ढोकामा रहेको छ । साथै बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त स्थानमा आफ्नो काउन्टर समेत राखेर सेवा प्रदान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL