Logo

ग्लोबलले खोल्यो भारतमा सम्पर्क कार्यालय, व्यापार प्रवद्र्धन र रेमिट्यान्स ल्याउन सहयोग

ग्लोबलले खोल्यो भारतमा सम्पर्क कार्यालय, व्यापार प्रवद्र्धन र रेमिट्यान्स ल्याउन सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतमा सम्र्पक प्रतिनिधी कार्यालय खोलेको छ । बैंकले भारतको नयाँ दिल्लीमा सम्पर्क कार्यालय खोलको हो । उक्त कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र भारतीय रिजर्व बैंकका जनरल म्यानेजर के. बि. पण्डितले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल र भारतीय रिजर्व बैंकका जनरल म्यानेजर पण्डितले ग्लोबल आइएमई बैंकले भारतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

GBIME

 

कार्यक्रममा ग्लोवल आईएमई ग्रूप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्पर्क कार्यालय मार्पmत भारत र नेपालकाबीच व्यापार प्रवद्र्धनमा सहयोग गर्नुका साथै रेमिट्यान्स भित्र्याउन समेत ठूलो सहयोग पुग्ने बताए । साथै बैदेशिक लगानी भित्र्याउन समेत सहयोग पुग्ने उनको विश्वास थियो । बैंकले यसअघि अष्टेलियामा सम्पर्क कार्यालय खोलिसकेको छ ।

नेपालबाट भारतमा स्वास्थोपचारका लागी हुने भूक्तानीमा हाल बिद्यमान रहेको असहज अवश्था समाधानका लागी पनि बैकले आवश्यक पहल सुरु गरिसकेको ढकालले जानकारी दिए ।

यस्तै बैकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नेपालको अन्तरराष्ट्रिय ब्यापारको प्रमुख ब्यापारिक साझेदार भारत रहेको सन्दर्भमा यो कार्यालायको उपस्थितीबाट आयात निर्यात ब्यापार प्रर्बद्धनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । साथै रोजगारीको सिलसिलामा समेत भारतमा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेकाले औपचारिक माध्यमबाट रेमिट्यान्स आप्रवाह बढाउनमा समेत सम्पर्क कार्यालयले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताए ।

कार्यालय शुभारम्भको अवशरमा दिल्ली स्थिीत कुटनितीक नियोगका प्रतिनिधी, पत्रकार र अन्य व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL