Logo

भारत सरकारले लगायो प्याज निर्यात प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने

भारत सरकारले लगायो प्याज निर्यात प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने



काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । देशमा प्याजको मूल्य वृद्धि भएकै कारण भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

laxmi

भारतस्थित उद्योग वाणिज्य मन्त्रालयले आईतबार एक सुचना जारी गर्दै प्याजको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले २०१८ देखि २०१९ सम्म सुकेको र हरियो गरेर ४ सय ९६ दशमलव ८२ मिलियन डलर बराबरको प्याज निर्यात गरेको थियो ।

‘भारतबाट हुने विभिन्न प्रकारका प्याजको तत्कालका लागि निर्यातमा रोक लगाईएको छ’, वैदेशिक व्यापारका महानिर्देशकले जारी गरेको सुचनामा भनिएको छ ।

१५ दिनअघि मात्रै महाराष्ट्र र कर्नाटकमा आएको बाढीका कारण आन्तरिक बजारमा प्याजको मूल्य सन्तुलन गर्न भारतको केन्द्र सरकारले प्याजको न्युनतम निर्यात मूल्य ८ सय ५० डलर प्रति टन तोकेको थियो । बंगलादेश, श्रिलंका र बेलायत भारतीय प्याजको मुख्य ३ आयातकर्ता हुन ।

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगायपछि नेपालमा प्याजमो मुल्य बढ्न सक्ने देखिएको छ । भारतीय बजारमा प्याजको मूल्य बढेकै कारण मूल्य आकाशिएको प्याज नेपालले निर्यात गर्न नपाएपछि अझै मूल्य बढ्ने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL