Logo

पोखरामा बबएमसी राईडर मेनिया हुँदै, ३५ सय राईडर सहभागि हुने

पोखरामा बबएमसी राईडर मेनिया हुँदै, ३५ सय राईडर सहभागि हुने



काठमाडौं । नेपालमै पहिलो पटक ‘बबएमसी राईडर मेनिया’ हुने भएको छ । भारतीय ल्कबहरुको सहभागितामा हुने उक्त बाईक राईडर आगामी माग १० देखी १३ गते सम्म पोखराको पामेमा हुने भएको हो ।

laxmi

भ्रमण बर्ष २०२० लाई लक्षित गरी बबएमसी राईडर मेनियाको १९ औं संस्करण नेपालमा हुन लागेको हो । बबएमसी राईडर मेनिया नेपाल २०२० कार्यक्रमले नेपालमा भारतीय पर्यटक भित्र्याउनुका साथै आर्थिक तथा ब्यवसायीक क्षेत्रमा सहयोग पुग्ने आयोजक फोर नेपालले जानकारी दिएको छ ।

बाईकिङ टुरीजम, शाहसिक पर्यटकको साथै पर्यटन प्रवर्द्धन तथा विकास गर्नुका साथै पदयात्रा, मोटर बाईकिङ, सडक सुरक्षा तथा ट्राफिक नियमको सुचना प्रवाह गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रममा नेपाल, भारत, भुटानलगायतका करिब ३ हजार ५ सय जना बाईक राईडरहरुले सहभागिता जनाउने भएको छ । उक्त कार्यक्रममा बाईक राईडरका साथै अन्य २० भन्दा बढी शाहसिक खेल तथा प्रतियोगिता समेत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL