Logo

अझै खुलेन त्रिभुवन विमानस्थल, २ घण्टा पछि मात्रै संचालनमा आउने

अझै खुलेन त्रिभुवन विमानस्थल, २ घण्टा पछि मात्रै संचालनमा आउने



काठमाडौं । २ बजे पछि खुलने भनिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अझै खुलन सकेको छैन ।

laxmi

शुक्रबार विहान यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा विमानस्थलको धावन मार्गमा चिप्लिएपछि उक्त जहाज तान्ने काम नसकिएकाले निर्धारित समयमा विमानस्थल सुचारु गर्न नसकिएको विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजलाई अगाडीबाट तान्ने काम भईरहेको भए पनि अगाडीबाट तान्दा नसकिए पछि अर्कै प्रकृया अपनाएर जहाजलाई निकाल्ने तयारी भईरहेको छ ।

विमानस्थल खुल्न भने अझै डेढ दुई घण्टा लाग्न सक्ने तिवारीले जानकारी दिएका छन । यस अघि २ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन भने अवतरणका क्रममा रहेका विमानहरुलाई अन्तै डाईभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL