Logo

त्रिभुवन विमानस्थलको स्तरोन्नती १० दिन भित्रै सम्पन्न, ट्याक्सी वेको काम सेप्टेम्बर देखि मात्रै

त्रिभुवन विमानस्थलको स्तरोन्नती १० दिन भित्रै सम्पन्न, ट्याक्सी वेको काम सेप्टेम्बर देखि मात्रै



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रनवे पीचको काम अन्तिम चारणमा पुगेको छ ।

laxmi

हाल दैनिक १० घण्टा विमानस्थल बन्द गरी रनवे रिह्याबको काम गरिरहेको विमानस्थलले रनवे र ट्याक्सी वे बी लिंकको काम अन्तिम चरणमा रहेको र अबको १० दिन भित्रै सम्पूर्ण काम सम्पन्न हुने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार उक्त काम सम्पन्न भए पछि विमानस्थल पूर्ण रुपमा संचालनमा आउने छ भने सेप्टेम्बर १ देखी ट्याक्सी वे को काम सुरु हुने छ । ट्याक्सी वे को काम सेप्टेम्बर १ देखि सुरु भई डिसेम्बर ३१ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

विमानस्थल रनवे पीचको काम हाल चिनियाँ ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनले गरीरहेको छ भने ट्याक्सी वे को काम पनि सोही ठेकेदारमार्फत गरिने भएको छ ।

उक्त विमानस्थल रनवे स्तरोन्नतिका लागि गत नोभेम्बरमा क्यानले चिनियाँ कम्पनीसँग निर्माण सम्झौता गरेको थियो । त्यस्तै विमानस्थलले स्तरोन्नती गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रिमोर्ट पार्किङ क्षेत्र संचालनमा ल्याई सकेको छ ।

विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा न्यारोबडी क्षमताका ३ र एटिआर ७२ जहाज एउटा पार्किङ गरेर राख्न सकिने गरेर उक्त रिमोट पार्किङ क्षेत्र संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL