Logo

प्रशिक्षक पाईलट शेर्पा राजीनामा दिएर भासिए अमेरिका, निगमको आन्तरिक जहाज संचालनमा समस्या

प्रशिक्षक पाईलट शेर्पा राजीनामा दिएर भासिए अमेरिका, निगमको आन्तरिक जहाज संचालनमा समस्या



काठमाडौं । नेपाल वायुसेवा निगमको प्रशिक्षक पाईलट आङनुरी शेर्पाले बुधबार राजीनामा दिएका छन । शेर्पाले बुधबार राजीनामा दिएर अमेरिका भासिएका हुन् ।

laxmi

शेर्पा यसअघि पनि निगमको पाईलटबाट राजीनामा दिएर अमेरिका पलायन भएका थिए । शेर्पाले राजीनामा दिए पछि वाई १२ जहाज उडान गर्नका लागि अन्य पाईलटको खोजी गर्ने निगमले जानकारी दिएको छ ।

सहप्रवक्ता नवराज कोईरालाका अनुसार शेर्पाले दुई जना को–पाइलटलाई पीपीसी नविकरणको तालिम दिएका थिए । उनले तालिम दिएको दुई जना को पाईलट सिर्जना राउत र लिवटी भण्डारीको पीपीसी नवीकरण अहिलेसम्म भएको छैन ।

यस अघि निगमले भने शेर्पा अमेरिकाबाट फर्केसँगै पीपीसी नवीकरण गर्ने जानकारी दिएको थियो । तर हालसम्म पनि नविकरण नहुँदा निगमले वाई–१२ जहाजले उडान गर्न सकेको छैन । कोईरालाका अनुसार शेर्पाको राजीनामा आए पछि दुईजना को– पाईलटको पीपीसी नविकरणका लागि चीन पठाउने भएको छ ।

केही समय अगाडी शेर्पा अमेरिकाबाट फर्के पछि आन्तरिक उडानका सबै जहाज संचालन गर्ने निगमको लक्ष्य रहेको थियो । तर, शेर्पाले राजीनामा दिएर अमेरिका भासिए पछि आन्तरिक उडानका लागि पाईलटको अभाव हुने देखिएको छ ।

शेर्पाले राजीनामा दिए पनि कार्यकारी अध्यक्ष मदन खरेल २ दिने बिदामा भएकाले उक्त राजिनामा शुक्रबार मात्रै स्वीकृत हुने कोईरालाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL