Logo

हावाहुरी पिडितको लागि राहत संकलन गर्दै टान, अर्को हप्ता हस्तान्तरण

हावाहुरी पिडितको लागि राहत संकलन गर्दै टान, अर्को हप्ता हस्तान्तरण



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले हावाहुरी पिडितको लागि राहत संकलन गर्ने भएको छ ।

laxmi

टानले पर्यटन ब्यवसायी तथा (पदयात्रा) ट्रेकिङ ब्यवसायीहरुलाई टान मार्फत राहत संकलनका लागि आग्रह समेत गरेको छ ।

गत आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ३१ जनाले ज्यान गुमाएको थियो भने करिब ५ सय जना भन्दा बढी घाईते भएको थियो । त्यही विध्वंसकारी हावाहुरी पिडितलाई राहत दिने उद्देश्यले टानले राहत संकलन गर्ने भएको हो ।

हिमाल आरोहणमा समस्या पर्दा उद्दार तथा राहत वितरण गर्दै आए पनि तराईमा आएको हावाहुरी पिडितलाई समेत राहत वितरण गर्ने गरि राहत संकलन गर्न लागेको टानका अध्यक्ष नवराज दाहालले जानकारी दिएका छन ।

टानले चन्द्र गुरुङको संयोजकत्वमा राहत संकलन गर्ने गरि आफ्ना सबै सदस्यहरुलाई बैंक खाता नम्बर समेत सर्कुलर गरिसकेको छ । टानले संकलन गरेका नगद खाध्य सामग्री लगायत अत्यावश्यक सामग्री संकलन गरि एक हप्ता भित्रै सरकार मार्फत राहत वितरण गर्ने भएको छ ।

राहत संकलनकै क्रममा टानका कोषाध्यक्ष रामकृष्ण तिमलसिनाले नगद २५ हजार रुपैयाँ संयोजक गुरुङलाई प्रदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL