Logo

निगममा जागिर खानेको भिड, १ सय ७४ पदको लागि २० हजार जनाको आवेदन

निगममा जागिर खानेको भिड, १ सय ७४ पदको लागि २० हजार जनाको आवेदन



काठमाडौं । नेपाल वायु सेवा निगमको विभिन्न पदमा २० हजार भन्दा बढीको आवेदन परेको छ ।
निगमले फागुन १० गते सार्वजनिक गरेको विज्ञापनको आधारमा उक्त आवेदन परेको हो । निगमले सिनियर क्याप्टेन १३ जना सहित १ सय ७४ जना कर्मचारी माग गरेको थियो ।

laxmi

निगमका अनुसार आज बिहीबार अन्तिम दिन भएकाले अझै आवेदन संख्या थपहुन सक्ने जानकारी दिएको छ । निगमले दिएको समयसिमा बिहीबार समाप्त भए पनि डबल दूस्तुर बुझाई थप एक हप्ता सम्म आवेदकले आबेदन दिन सक्नेछन ।

निगमले माग गरेको १ सय ७४ जना कर्मचारी मध्ये सबै भन्दा बढी वरिष्ठ सहायकमा ३४ जना रहेका छन । निगमका अनुसार उक्त पद (वरिष्ठ सहायक) का लागि मात्रै ८ हजार जना भन्दा बढीले आवेदन बुझाएको छ ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको छ । लामो समय देखी पाइलटको अभाव खेप्दै आएको निगमले सिनियर क्याप्टेनमा १३ जना माग गरेको छ ।

निगमले माग गरेको कर्मचारीमा सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL