Logo

विमानस्थलहरुको स्तरोन्नती गर्दै प्राधिकरण, टारी गाउँमा ६० लाखमा आधुनिक टर्मिनल बन्दै

विमानस्थलहरुको स्तरोन्नती गर्दै प्राधिकरण, टारी गाउँमा ६० लाखमा आधुनिक टर्मिनल बन्दै



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरुको स्तरोउन्नतीलाई द्घूत गतिमा अघि बढाएको छ । नेपाल वायुसेवा निगमको जहाजले गत असोजबाट नियमित उडान गरेसँगै टारीगाउँ विमानस्थलमा आधुनिक टर्मिनल भवन बनाउने भएको छ ।

भवन निर्माणका लागि सबै प्रकृया अगाडी बढीसकेको छ भने उक्त टर्मिनल भवन बन्न ६० लाख रुपैयाँ लाग्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै प्राधिकरणले लुक्ला विमानस्थलमा हेलिपोर्ट टर्मिनल निर्माण कार्य शुरु भएको समेत जानकारी दिएको छ । जुम्ला विमानस्थलको धावनमार्ग, ट्यक्सीवे, एप्रोन कार्यको माथिल्लो तहको ढलानको काम भईरहेको समेत प्राधिकरणका महानिर्देशक संजीब गौतमले जानकारी दिएका छन ।

उनका अनुसार हुम्लाको सिमिकोट विमानस्थलको एप्रोन सुधार तथा विस्तार, हेलिप्याड तथा चेनलिंक फिनिसंग कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरु ढुवानी हुँदै गरेको तथा डोल्पाको मसिनेचौर, धनगढी तथा अर्घाखाँची विमानस्थलको धावनमार्ग, ट्याक्सिवे, एप्रोन कालोपत्रे, ड्रेनेज, टेवा पर्खाल निर्माणको कार्य भईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL