Logo

सोमबार देखि सर्वसाधरणलाई श्रीपेच, प्रम ओलीले उदघाटन गर्दै

सोमबार देखि सर्वसाधरणलाई श्रीपेच, प्रम ओलीले उदघाटन गर्दै



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधरणको लागि खूल्ला गर्ने भएको छ ।

राजा ज्ञानेन्द्रले दरबार छोडेको करिब एक दशक पछि सर्वसाधरणको लागि श्रीपेच खूल्ला गर्ने भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सोमबार देखि खुल्ला गर्न लागिएको हो । हाल उक्त श्रीपेचलाई नारायणहिटी दरबार संग्रहालयमा बुलेटप्रुफ सिसाभित्र राखिएको छ ।

सरकारले नारायणहिटी दरबारलाई संग्राहलय बनाएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारीले गत जेठमानै राजसंस्थाको प्रतिकको रुपमा रहेको श्रीपेच सर्वसाधरणको लागि खुल्ला गर्ने बताउँदै आएका थिए । सोही अनुसार सोमबारबाट सर्वसाधरणको लागि श्रीपेच खुल्ला हुने भएको हो ।

संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट (टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL