Logo

हवाई यात्रुको बीमा रकम ६ गुणाले बढ्यो, लगेज आउन ढिलो भए १ लाख क्षतिपुर्ति

हवाई यात्रुको बीमा रकम ६ गुणाले बढ्यो, लगेज आउन ढिलो भए १ लाख क्षतिपुर्ति



काठमाडौं । अन्तरराष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम करिब ६ गुणाले बढेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले अन्तरराष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यबस्था भएको महासन्धि संसदले पारित गरेसंगै हवाई यात्रुले पाउने बीमा रकम बढेको हो ।

नेपाली अन्तरराष्ट्रिय हवाई यात्रुले यस अघि बीमावापत २० हजार डलर पाउँदै आएका थिए । अबमा दिनमा हवाई यात्रुको मृत्यु भएका वा शरीरिक चोटपपटक लागेको १ लाख १३ हजार डलर पाउने भएका छन् ।

हवाई यात्रु बीमा रकम अन्तरराष्ट्रिय मापदण्ड बराबर पुर्याउन नेपालले सन १९९९ मा क्यानडामा भएको अन्रराष्ट्रिय उड्यन संगठन (आईकाओ) को मन्ट्रियल कन्भेन्सनमा हस्ताक्षर गरिसकेको भएपनि हालसम्म उक्त कन्भेन्सन सरकारले अनुमोदन नगरेका कारण कायान्वयनमा आउन सकेको थिएन ।

महासन्धी अनुमोदनसँगै चेकजाँच भइसकेको लगेज कुनै कारणबस आउन ढिलो भएमा मात्रै पनि १ लाखभन्दा बढी क्षतिपुर्ति पाउने भएका छन । यस अघि नेपाली यात्रुले पाउने क्षतिपूर्ती एकदमै न्युन थियो । अबका दिनमा नेपाली यात्रुले पनि विदेशी यात्रुले सरह क्षतिपूर्ती पाउने भएका हुन् ।

यसैगरी कार्गाेको नोक्सानी, क्षति वा विलम्व भएमा प्रतिकिलो १७ डलर पाउने महासन्धिमा उल्लेख छ । यात्रीको यात्रा विलम्व भएमा पनि ४ हजार १ सय ५० डलर क्षतिपुर्ति पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL