Logo

२०१७ मा १४ प्रतिशतले बढ्यो कतार एयरवेजको यात्रु, एयरक्राफ्टको संख्या १९६ पुग्यो

२०१७ मा १४ प्रतिशतले बढ्यो कतार एयरवेजको यात्रु, एयरक्राफ्टको संख्या १९६ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । २०१६/१७ मा कतार एयरवेजका लागि धेरै लाभदायी भएको छ । गत बर्ष कतार एयरवेजले गरेको उपलब्धिका आधारमा उसका लागि सो अवधि लाभदायीक भएको देखिएको हो । कतार एयरवेजका अनुसार २०१६ /१७ मा यात्रुहरुको संख्यामा १४ प्रतिशतले बृद्धि भएको छ ।

कतार एयरवेजले हालै सार्वजनिक गरेको ‘सस्टेनविलीटी रिपोर्ट २०१६/ १७ ले यस्तो देखाएको हो । त्यस्तै कतार एयरवेजले गत बर्ष नयाँ १० ओटा गन्तव्य समेत थप गरेको छ ।

२०१७ मा नै कतार एयरवेजले १८२ ओटा एयरक्राफ्टबाट थप गरी १९६ पुर्याएको छ ।

एयरलाइन्सको हमाद इन्टरनेशनल एयरपोर्टले मात्र ३८ दशमलब ३ मिलियन यात्रुलाई सेवा दिएको छ । त्यस्तै १ दशमलब ८ मिलियन टन कार्गो ओसारपोसार गरेको छ ।

त्यस्तै कम्पनीको वातावरणीय नियम तथा उद्देश्य अनुसार काम गरेको छ । कतार एयरवेजले विमान इन्धनको प्रयोग पनि कुशलतापूर्वक गरेको छ । अघिल्लो बर्षको तुलनामा २ दशमलव ५ प्रतिशत कम कार्वन उत्पादन गरेको हो ।

सो अवधिमा कार्वन इफिसियन्सीमा ११ दशमलब ९ प्रतिशत सुधार गरेको छ । कार्वन कम उत्पादन गरेर वन्यजुन्तुको संरक्षण भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL