Logo

अर्टिजम सम्बन्धी जनचेतना फैलाउदै कतार एयरवेज

अर्टिजम सम्बन्धी जनचेतना फैलाउदै कतार एयरवेज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले अर्टिजम सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागिता जनाउन थालेको छ । यसै क्रममा हालै कतार राजदुताबास र अर्टिजम स्पिक नामक संस्थाले आयोजना गरेको वासिङटन डिसिमा गरेको सचेतनामुलक तथा रकम संकलन  कार्यक्रममा कतार एयरवेजले सहयोग गरेको छ ।

अर्टिजम स्पिकले अर्टिजम भएकाहरु तथा उनीहरुका परिवारलाई सहयोग गर्दै आएको छ । कतार एयरवेज गु्रप चिफ एक्जुकेटिभ अकबर एएल बेकरले सो कार्यक्रमलाई सपोर्ट गर्न पाएकोमा शुखि व्यक्त गरे ।

साथै आफ्ना यात्रुहरु जो अटिजम भएका छन् तथा उनीहरुका परिवारलाई सुविधा दिने प्रयास गर्ने जानकारी दिए । ‘आफ्ना कर्मचारीलाई अर्टिजम भएकाहरुसँग कस्तो व्यवहार गर्नेलगायत बारेमा प्रशिक्षण दिने छौं ’ उनले भने ।

एयरवेजले कार्यक्रममार्फत सो संस्था अन्तर्गतका अर्टिजम भएकाहरुका लागि ४ ओटा विजनेश क्लासका ४ ओटा टिकेट प्रदान गर्ने छ । १५० ओटा गन्तव्यमा अटिजम स्पिकका अर्टिजम भएका जान सक्नेछन् ।

कार्यक्रममा अर्टिजम स्पिकका अध्यक्ष एन्जिला जिजरले कतार एयरवेजको सहयोग एकदमै मूल्यबान रहेको बताइन् । पछिल्लो समय कतार एयरवेजले अर्टिजम भएकाहरुका लागि विशेष सहयोग गर्दै आएको छ । अप्रिलमा एयरलाइन्सले विश्व अर्टिजम सचेतना दिवस बनाएको थियो ।
साथै कतार एयरवेजका टोलि उनीहरुको अवस्था बुझ्न चाइल्ड डेभलपमेन्ट सेन्टरमा गएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL