Logo

विमानस्थलमा व्यापारिक विज्ञापन हटाइने, नेपाली संस्कृतिका होर्डिङ मात्र राखिने

विमानस्थलमा व्यापारिक विज्ञापन हटाइने, नेपाली संस्कृतिका होर्डिङ मात्र राखिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले आफ्नो ६० दिने कार्य योजना सार्वजनिक गरेका छन् ।

आइतबार एक कार्यक्रमबीच मन्त्री देवले आफ्नो कार्य योजना सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विज्ञापन हटाएर नेपालको संस्कृति झल्कने नयाँ इलेक्ट्रोनिक्स होर्डिङ बोर्ड राखिने बताए ।

त्यस्तै उनले चालु आवलाई पशुपती दर्शन बर्षका रुपमा मनाउने घोषणा समेत गरेका छन् । धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पशुपति बर्ष मनाउन लागिएको हो ।

मन्त्री देवले थाइलयाण्ड र श्रीलंकासँग पर्यटन विकासका लागि समझदारी गर्ने समेत बताए । सो अवसरमा उनले पशुपतिलाई केन्द्रमा राखी काठमाडौं देखि नेपालभर हिन्दु सर्किट विकास गर्ने योजना प्रस्तुत गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL