Logo

हिमालय एयरलाइन्स चौथो चरणको उद्धार उडानको तयारीमा, यस्तो छ उडान तालिका

हिमालय एयरलाइन्स चौथो चरणको उद्धार उडानको तयारीमा, यस्तो छ उडान तालिका



काठमाडौं । हिमालय एयरलाइन्सले चौथो चरणको उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही जुलाई ३० देखि अगस्ट ७ सम्म स्वदेश ल्याउने जनाएको छ ।

एयसलाइन्सले जुलाई ३० र अगस्ट १मा कुवेतबाट नेपालीको उद्धार गर्नेछ । त्यसैगरी, जुलाई ३१मा चीनको कुनमिंगबाट नेपाली ल्याउने हिमालय एयरले जनाएको छ ।

जुलार्ई ३१, अगस्ट ३ र ५ मा कतारको दोहामा उद्धार उडान गर्ने एयरलाइन्सले जनाएको छ । जुलाई ३१, अगस्ट १, २ र ४ मा यूएईको आबुधावीबाट नेपालीको उद्धार हुनेछ । अगस्ट २, ३, ६ र ७ मा मलेशियाको क्वालालम्पुरमा उद्धार उडान गर्ने एयरलाइन्सले जनाएको छ । अगस्ट ४, ५, ६ र ७ मा साउदी अरेवियाको दमामबाट नेपालीको उद्धार हुने एयरलाइन्सले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL