Logo

हिमालय एयरलाईन्सले सार्वजनिक गर्याे दोस्रो चरणको चार्टड उडान तालिका, यस्तो छ उडान तालिका

हिमालय एयरलाईन्सले सार्वजनिक गर्याे दोस्रो चरणको चार्टड उडान तालिका, यस्तो छ उडान तालिका



काठमाडौं । हिमालय एयरलाईन्सले विदेशमा अलपत्र परेका नेपाली ल्याउन दोस्रो चरणको चार्टड उडानको तालिका सार्वजनिक गरेको छ । कम्पनीले अलपत्र परेका नेपाली ल्याउने उद्धेष्यले दोस्रोपटक विभिन्न देशबाट चार्टड उडानमार्फत उद्धार गर्न लागेको हो ।

laxmi

कम्पनीले आईतबारदेखि बुधबारसम्म लगातार ४ दिन आफ्ना चार्टड उडानमार्फत विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने भएको हो । कम्पनीका अनुसार आज मलेसियाका लालि चार्टड उडान गर्ने भएको छ । जस अन्तर्गत कम्पनीले भाडा भने ३७२ डलर तोकेको छ ।

यस्तै कम्पनीले सोमबार भने ३ ओटा चार्टड उडान भर्ने भएको छ । जसअन्तर्गत पाकिस्तान, माल्दीभ्स तथा कतारको दोहामा रहेका नेपालीलाई ल्याईने छ । यसका साथै कम्पनीले उक्त ३ स्थानबाट नेपाली ल्याउनका लागि भाडादर भने क्रमशः ३५०, ४८० र ३९२ डलर तोकेको छ ।

यस्तै कम्पनीले मंगलबार पनि यूएई, साउदी अरेबिया र कुवेतका लागि चार्टड उडान गर्ने तालिका राखेको छ । जसअनुसार उक्त ३ देशबाट विदेशी कामदार ल्याउन क्रमशः ३८५, ४६५ र ४१० डलर भाडादर तोकेको छ । यस्तै कम्पनीले आगामी बुधबार भने अबुधावी र दोहाबाट उद्धार गर्ने तालिका बनाएको छ । जसमार्फत कम्पनीले विभिन्न कामदारहरु ल्याउने भएको हो ।

हिमालय एयरलाईन्सले सार्वजनिक गर्याे दोस्रो चरणको चार्टड उडान तालिका, यस्तो छ उडान तालिका


प्रतिक्रिया दिनुहोस्
MBL