Logo

कोरोना संक्रमितसँगै आएका २०५ जनाको खोजी जारी, ७७ जिल्लामै प्रहरी परिचालन

कोरोना संक्रमितसँगै आएका २०५ जनाको खोजी जारी, ७७ जिल्लामै प्रहरी परिचालन



काठमाडौं । विदेशबाट ३ वटा विमानमा आएका २ सय ५ जना यात्रुलाई प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेपनि फेला भने पार्न नसकेको हो ।

laxmi

गत चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयर अरेवियाबाट १ सय ७० र चैत ७ गते भिस्तारा (भारतीय) विमानबाट १ सय ३० खाडी मुलुक र मलेसियाबाट गरी ४ सय ५८ जना त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट नेपाल आएका थिए । त्यतिखेर सबै यात्रुलाई सामान्य जाँच गरेर छोडेपनि उनिहरुसँग आएका ४ जनामा कोरोना संक्रमण भेटिएपछि उनिहरुको खोजी गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको थियो । उनिहरुको खोजी जारी रहको र खोजी पछि आईसोलेसनमा बसाल्ने कार्यालयले जानकारी दिएको छ ।

हालसम्म कतार एयरवेजबाट आएकामध्ये २ जना आइसोलेसनमा, १ सय ६ जना क्वारेन्टाइन र २० जना सम्पर्क्विहीन छन् । यसैगरी चैत ६ गते एयरअरेवियाबाट आएका १ सय ७० यात्रुमध्ये १ सय जना क्वारेन्टाइनमा, १ जना आइसोलेसन र ६९ जना सम्पर्क्विहीन छन्। त्यस्तै दुबईबाट दिल्ली ट्रान्जिट हुँदै भारतीय वायुसेवा भिस्ताराबाट चैत ७ गते आएका १ सय ३० मध्ये १ जना आइसोलेसन, १३ जना क्वारेन्टाइन र १ सय १६ जना सम्पर्क बाहिर छन्।

प्रतिक्रिया दिनुहोस्
MBL