Logo

आजदेखि सबै अन्तरराष्ट्रिय उडान प्रतिबन्ध, तत्काललाई १८ चैतसम्म प्रतिबन्ध लागू हुने

आजदेखि सबै अन्तरराष्ट्रिय उडान प्रतिबन्ध, तत्काललाई १८ चैतसम्म प्रतिबन्ध लागू हुने



काठमाडौं । सरकारले आजदेखि १० दिनका लागि सबै अन्तरराष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए । सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन गरेको हो ।

laxmi

सबै अन्तरराष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ । नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तरराष्ट्रिय उडान हुँदै आएको थियो । उडान र अवतरण गर्दा गर्दा ९० हाराहारी हुँदै आएका थिए । यसैबीच नागरिक उड्ययन प्राधिकरणले शनिबार साँझ विज्ञप्ती निकाल्दै प्यासेन्जर फ्लाइटसहितका उडान मार्च २२ पछि पनि निरन्तर हुने जनाएको छ ।

प्राधिकरणले सबै प्रकारका अन्तरराष्ट्रिय उडानलाई अव अवतरण गर्न अनुमति नदिइने जनाए पनि प्यासेन्जर फ्लाइट, फ्रेइटर फ्लाइट, रेस्क्यु, एयर एम्बुलेन्स, इमर्जेन्सी फ्लाइट’ भने नियमित रहने प्रष्ट्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL