Logo

निरन्तरको बर्षाले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा बन्द, मौसम खुलेपछि मात्रै उडान हुने

निरन्तरको बर्षाले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा बन्द, मौसम खुलेपछि मात्रै उडान हुने



काठमाडौं । बिहीबार बेलुकादेखिको निरन्तर बर्षातले काठमाडौंबाट हुने आन्तरिक र बाह्य उडान अवतरण सेवा प्रभाबित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण मध्ये बिहान केही उडान मात्रै भएको विमानस्थल प्रमुख देबेन्द्र कार्कीले जानकारी दिएका छन ।

laxmi

बिहान ५/७ ओटा उडान बाहेक त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य कुनै पनि उडान नभएको कार्कीले जानकारी दिएका छन । कार्कीका अनुसार शुक्रबार बिहान आन्तरिकतर्फ ५ र अन्तरराष्ट्रियतर्फ ६ उडान अवतरण भएका छन ।

जसमध्ये अन्तरराष्ट्रियतर्फ २ ओटा जहाजले उडान गरेका छन भने ४ ओटा जहाज अवतरण भएको विमानस्थलले जानकारी दिएको छ । बाँकी कुनै पनि उडान हुन नसकेको कार्कीले जानकारी दिएका छन । उनका अनुसार मौसम सुधार भए मात्रै आजको लागि थप उडान गर्न हुनेछ ।

काठमाडौं विमानस्थलबाट बिहान नेपालगञ्जको लागि बुद्ध एयर, यती एयर तथा श्रीएयरलाईन्सले उडान गरेको नेपालगञ्जका विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । नेपालगञ्जबाट बिभिन्न दुर्गममा हुने उडानहरु सबै बन्द भएको छ । ठाकुरका अनुसार बिहान काठमाडौंबाट नेपालगञ्जको लागि उडान भए पनि नेपालगञ्जबाट हिमाली जिल्लामा हुने कुनै पनि उडान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL