Logo

नाट्टामा चुनावी प्रचारमा तीव्रता, पर्यटन अनुसन्धान केन्द्र खोल्ने मिहिका समूहको घोषणा

नाट्टामा चुनावी प्रचारमा तीव्रता, पर्यटन अनुसन्धान केन्द्र खोल्ने मिहिका समूहको घोषणा



काठमाडौं । नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा) को आगामी नेतृत्वका लागि चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । नयाँ नेतृत्वका लागि ३ समुहले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

चुनावी प्रक्रियालाई तीब्र रुपमा अगाडी बढाएको मिहिका शाह धाक्वा समूहले महिला अध्यक्षलाई अघि सार्दै चुनावी प्रचार प्रसार गरिरहेको छ । यही माघ ३ गते हुने चुनावको लागि प्रतिस्पर्धामा उत्रेको मिहिका समूहले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो समूहको उमेदवारी घोषणा गरेको छ ।

उक्त समुहको वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत कुमार ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ, सह-कोषाध्यक्षमा फुडोमा शेर्पासहित १५ सदस्यीय समिति घोषणा गरिएको छ । महासचिव गुरुङले महिला नेतृत्व रहेको यस समूहमा ४० प्रतिशत महिला रहेको र नाट्टालाई राजनीतिबाट टाढा राख्नको लागि समेत आफुहरुले छुट्टै प्यानल बनाएर चुनावी मैदानमा आएको बताएकी छिन । साथै उनले आफुहरुको समुह उत्कृष्ट रहेको समेत दाबी गरिन ।

उक्त समुहले नाट्टा पर्यटन अनुसन्धान केन्द्र खोल्ने, पर्यटकिय क्षेत्रहरुमा अन्तरराष्ट्रिय स्तरको स्वच्छ तथा सफा शौचालय निर्माण गर्न पहल गर्ने, सूचनासहितको पर्यटकीय बस संचालन गर्न पहल गर्ने, युवाहरुलाई पर्यटन क्षेत्रमा आकर्षित गरि रोजगारीको अवसर दिलाउनेलगायतका प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL