Logo

निगमले ४ महिनामा कमायो ५८ करोड, आगामी १ बर्षमा २ अर्ब कमाउने

निगमले ४ महिनामा कमायो ५८ करोड, आगामी १ बर्षमा २ अर्ब कमाउने



काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी १ बर्ष भित्र २ अर्ब रुपैयाँ बचत गर्ने भएको छ । निगमले हाल ५८ करोड रुपैयाँ बचत गर्न सफल भएको जानकारी दिँदै आगामी १ बर्ष भित्रमा २ अर्ब रुपैयाँ नाफा कमाउने उद्घोष गरेको छ ।

laxmi

निगमले आगामी १ बर्षमा अप्रेशनबाट १० करोड १ लाख रुपैयाँ, ईन्जिनियरिङ (कामो) बाट ३६ करोड ४३ लाख ५५ हजार, जीएस तथा पीएमडीबाट ५४ करोड ८० लाख, ईएमडीबाट ६ करोड ३१ लाख, र फाईनान्सबाट १४ करोड २८ लाख उठाउने योजना बनाएको छ ।

त्यस्तै एचआरडीबाट ८६ लाख ५४ हजार रुपैयाँ, कर्पोरेटबाट ८ करोड २४ लाख, सेफ्टीबाट १ करोड १७ लाख तथा जीआरएसडी मार्फत ४८ लाख ५५ हजार गरी २ अर्ब २७ करोड ६१ लाख ५९ हजार रुपैयाँ उठाउने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको जहाजले भिभिआईपी उडान, ब्यवसायीक चार्टर उडानलगायतबाट ४ महिनाको अवधिमा उक्त नाफा कमाउन सफल भएको बताए ।

त्यस्तै निगमले आफ्नो ऋण समेत घटाएको जानकारी दिएका छन । निगमले हाल ५८ करोड रुपैयाँ नाफा कमाए पछि ३३ करोड रुपैयाँ ऋण घटाएको समेत अध्यक्ष खरेलले जानकारी दिएका छन । उनले आगामी बर्षमा २ अर्ब रुपैयाँ बचत गर्न बिभिन्न कार्ययोजना बनाएको भन्दै लाग्ने खर्चलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आफुहरु लागि परेको बताए ।

आगामी बर्षमा गर्ने कार्यक्रमहरुमा ४ ओटा र्याम्प बस ल्याउने, राडा मेशिन जडान गर्ने, जहाजलाई सुरक्षित बनाउन प्रिन्ट मेशिन राख्ने २०२० को जनवरीमा मोबाईल एप संचालनमा ल्याउने, नयाँ गन्तब्यहरुमा जहाज उडान गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL