Logo

अरुको नाममा भएको फोन नम्बर टेलिकमको एप्सबाटै आफ्नो नाममा गर्न सकिने, चाँडै एप्समार्फत सेवा

अरुको नाममा भएको फोन नम्बर टेलिकमको एप्सबाटै आफ्नो नाममा गर्न सकिने, चाँडै एप्समार्फत सेवा



काठमाडौं । अरुको नाममा भएको तर आफुले चलाईरहेको फोन नम्बर आफ्नै नाममा ल्याउन नेपाल टेलिकमले सहजिकरण गर्ने भएको छ । टेलिकमले अबको केही दिनभित्रै लागु हुनेगरी टेलिकमको एप्समार्फत नै अरुको नाममा भएको फोन नंवर आफ्नो नाममा गर्न सकिने सुविधा दिने भएको हो ।

laxmi

अब टेलिकमका सेवाग्राहीहरुले अरुको नाममा भएको सिमकार्ड टेलिकमको एप्समार्फत नै आफै आफ्नो नाममा गर्न सक्ने भएका छन ।

सेवाग्राहीको सहजीकरणका लागि एप्समार्फत सम्पादन गरेर अरुको नंवर आफ्नो नाममा गर्न सकिने सुविधा ल्याउन लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले जनतालाई सरकारी सेवा मोबाईल नंवर मार्फत नै उपलब्ध गराउन सकिने गरी ‘नागरिक एप्स’ संचालनमा ल्याउने भएपछि टेलिकमको एप्समा यसको अप्सन राखिने भएको हो

‘नेपाल टेलिकमको एप्सबाट नै अन्य व्यक्तीको नाममा भएको सिमकार्ड आफ्नो नाममा गर्न सकिने छ,’ उनले भने, ‘तर यसको तयारी पुरा नभएकाले केही समय पर्खनुपर्नेछ ।’

सरकारले ल्याउन लागेको नागरिक एप्स मार्फ विभिन्न सरकारी सेवा जस्तै लोकसेवाको फारम, प्यानको फारम, राहदानी फारम लगायतका विभिन्न सुविधा आफ्नो नंवरबाटै गर्न सकिने छ । यदी फोन नंवर कुनै व्यक्तीको नाममा भएपछि उक्त नंवरको विस्तृत विवरणबाट कुने पनि सेवाको फारम स्वतः भरिने सुविधा उक्त एप्समार्फ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL