Logo

भुक्तानी प्रणाली सहज बनाउँदै आईमार्क, गर्याे स्विजरल्याण्डको बीपीसीसँग सम्झौता

भुक्तानी प्रणाली सहज बनाउँदै आईमार्क, गर्याे स्विजरल्याण्डको बीपीसीसँग सम्झौता



काठमाडौं । आईमार्कले स्विजरल्यान्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीसँग सम्झौता गरेको छ ।

नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणाली मार्फत सहज बनाउन उक्त प्रविधिसँग सम्झौता गरेको आईमार्कले जानकारी दिएको छ ।

बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ ।

स्मार्ट भिस्टा ले विश्वका कयौँ बैंक तथा वित्तिय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्ने जानकार दिए । उनले भने, ‘समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन ।’

बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ मा भएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७ मा स्थापना भएको आइमार्क प्रालि रहेको छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुलाई विविध रुपमा क्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL