Logo

संविधान दिवसलाई टेलिकमको ‘कन्स्टिच्युसन प्याक’, १८ रुपैयाँमै असिमित इन्टरनेट

संविधान दिवसलाई टेलिकमको ‘कन्स्टिच्युसन प्याक’, १८ रुपैयाँमै असिमित इन्टरनेट



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । कम्पनीको उक्त अफर अन्तरगत असोज १ देखि १५ गते सम्म कर सहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने छ ।

प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने छ ।

यसैगरी टेलिकमले ईन्ट्रानेट लिज सेवाको महशुल परिमार्जन गरेको छ । कम्पनीको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाईन्टहरु कनेक्ट गर्नका लागि प्रयोग गर्न सकिने सो सेवाको महशुल टेलिकमले शुल्क घटाएको हो ।

कम्पनीले पहिले २ सय ५६ केबिपिएस ब्यान्डविथको ईन्ट्रालेज लाईन दिँदै आएकोमा अब यसलाई बढाएर ५ सय १२ केबिपिएस ब्यान्डविथको इन्ट्रानेट लिज लाईन उपलब्ध गराउने भएको हो ।

कम्पनीले ५ सय १२ केबिपीएस ईन्ट्रालेज लाईनको प्रति महिना मूल्य १ हजार ६ सय रुपैयाँ तोकेको छ । यस्तै १ देखि १० एमबिपीएस लाईनको मूल्य भने प्रति एमबिपीएस २ हजार ७ सय रुपैयाँ तोकेको छ । यसैगरी ११ देखि १ सय एमबिपीएस ईन्ट्रालेज लाईनको प्रति एमबिपीएस २ हजार ४ सय र १ सय एमबिपीएस भन्दा माथिको लाईनको लागि भने प्रति एमबिपीएस २ हजार १ सय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उपलब्ध गराएको सो मूल्यमा थप कर लाग्नेछ ।

यस्तै कम्पनीले वाईम्याक्स सेवाको प्रमोशनल अफर अन्तरगत पनि विभिन्न किसिमका अफरहरु ल्याएको छ । कम्पनीका अनुसार उक्त अफरअन्तरगत व्यक्तिगत प्रयोगकर्ताहरुलाई ५ सय १२ केबिपिएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १ हजार ५ सयमा उपलब्ध गराउने भएको छ । तर यही सेवा विभिन्न गाउँपालिकाहरुका लागि भने १ हजार रुपैयाँमा उपलब्ध गराउने छ ।

कम्पनीका अनुसार उक्त सेवा १ महिनाको लागि मात्रै उपलब्ध हुनेछ । यसैगरी कम्पनीले १ बर्षका लागि १२ हजार रुपैयाँमा ५ सय जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २ हजार ३ सय जीबी प्याकेज उपलब्ध गराउने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL