Logo

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरका विजेता घोषणा, २ जनाले पाए १/१ लाख नगद

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरका विजेता घोषणा, २ जनाले पाए १/१ लाख नगद



काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्ज एण्ड विन’ अफरका पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
कम्पनीले उक्त अफरका पहिलो हप्ताका विजेता २ जनालाई विहिबार १÷१ लाख नगद हस्तान्तरण गरेको हो ।

कम्पनीले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको उक्त अफर १० हप्ता सम्ममा संचालनमा रहने छ । पहिलो हप्ताका विजेताहरु मंगलबार एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका कम्पनीले जानकारी दिएको छ ।

१० भाग्यशाली विजेता ग्राहकहरु मध्ये २ जनाले बिहिबार जनही नगद १ लाख पुरस्कार पाएका हुन । तीन अन्य विजेताहरुले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ २ विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही १ लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL