Logo

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य, साढे २ सय सिमकार्ड सहित १५ लाख रुपैयाँ सहयोग गर्दै

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य, साढे २ सय सिमकार्ड सहित १५ लाख रुपैयाँ सहयोग गर्दै



काठमाडौं । दुरसंचार सेवा प्रदायक एनसेलले जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य गरेको छ ।

नेपालमा मौसमका कारण हुने प्राकृतिक प्रकोप बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याउनका निम्ती पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन कम्पनीले शुक्रबार विभागसँग समझदारी पत्रमा हस्ताक्षर हो ।
समझदारीपत्रमा एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी ५ वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ ।

यसका साथै कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु संचालन तथा विस्तारका लागि पहिलो वर्ष २ सय ५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स वापत १५ लाख रुपैयाँ सहयोग गर्नेछ । यसरी उपलब्ध कनेक्टिभिटी सुविधाले विभागलाई देशका विभिन्न स्थानमा स्थापित हाइड्रो मेटेरोलोजिकल स्टेशनहरुबाट केन्द्रिय सर्भरसम्म जोड्न तथा रियल टाईम डाटा ट्रान्समिसनका लागि सहयोग गर्नेछ ।

साथै विभागले जति नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गर्दै जान्छ एनसेलले पनि त्यसै बमोजिम सिम तथा कनेक्टिभिटि सुविधा प्रदान गर्दै जानेछ । यसले जोखिममा रहेका अझै बढि नागरिकहरुलाई सुरक्षित रहन सहयोग गर्दै जनधनको क्षतिलाई घटाउन योगदान गर्नेछ ।

यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ ।

त्यसैगरी, ग्राहकहरुले जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सक्नेछन् ।

पानीको सतह खतराको तह भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी ग्राहकले एसएमएस मार्फत पाउछन् ।

हाललाई यो पूर्व सूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागु गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउदै आएकोछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL