Logo

ओपोको समर सेल्फी कन्टेष्ट सार्वजनिक, २० विजेतालाई आकर्षक उपहार

ओपोको समर सेल्फी कन्टेष्ट सार्वजनिक, २० विजेतालाई आकर्षक उपहार



काठमाडौं । ओप्पोले ‘समर सेल्फी कन्टेष्ट’ सार्वजनिक गरेको छ । कम्पनीले घोषणा गरेको कन्टेष्टमा ओप्पोको कुनैपनि स्मार्टफोन खरिद गर्ने उपभोक्ताले सहभागि हुन पाउने छन् ।

सहभागीले ओपो फोनबाट सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा ह्यासट्याग सहित अपलोड गर्नु पर्नेछ । पोष्ट गरिएका तस्विर मध्ये सर्वाधिक लाइक पाउन सफल २० जनालाई विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतियोगिता दूई चरणमा हुनेछ । पहिलो चरणको प्रतियोगिता जुन ४ देखि १० सम्म चल्नेछ भने दोस्रो चरणको प्रतियोगिता जुन ११ देखि १७ सम्म चल्नेछ । दुबै चरणबाट नेपाल भरका १०–१० जना विजेताको छनोट गरिनेछ ।

छानिएका विजेताहरुलाई ओप्पोकोतर्फबाट आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
क्याम्पेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने आउँदा दिनहरुमा अझ रोचक र बृहत्त क्याम्पेनहरु नेपालमा सार्वजनिक गर्ने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL