Logo

बागलुङको ढोरपाटनमा टेलिकमको थ्रीजी सेवा, वाईफाई चलाउँदै सिकारको मज्जा

बागलुङको ढोरपाटनमा टेलिकमको थ्रीजी सेवा, वाईफाई चलाउँदै सिकारको मज्जा



काठमाडौं । नेपाल टेलिकमले बाग्लुङकोे ढोरपाटनमा थ्रीजी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले सो स्थानमा आइतबार माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रीजी सेवा सञ्चालनमा आएको हो ।

यो सेवाबाट त्यस स्थानका करिव ५ सय घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै बागलुङमा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने कम्पनीको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL