Logo

यसरी बनाउनुहोस आफ्नो फोनलाई माइक्रोस्कोप

यसरी बनाउनुहोस आफ्नो फोनलाई माइक्रोस्कोप


बिजखबर संवाददाता
0
Shares

एजेन्सी । अब मोबाइल फोनलाई माइक्रोस्कोपको रुपमा समेत प्रयोग गर्न मिल्ने भएको छ । शुरुमा फोन गर्न तथा उठाउन मात्र प्रयोग हुने मोबाइलमा पछिल्लो समय विभिन्न प्रकारका विशेषताहरु थपिदै गएका छन् । यसैक्रममा मोवाइललाई माइक्रोस्कोपको रुपमा प्रयोग गर्न मिल्ने विशेषता थप भएको हो ।

माइक्रोक्कोपले कुनै पनि कुरालाई ठूलो आकारमा देखाउछ ।मोबाइललाई माइक्रोसफ्टको रूपमा परिमार्जन गर्न सानो लेन्स आफ्नो फोनमा जडान गर्नु पर्छ । जसको मूल्य करीब १५ अमेरिकी डलर पर्छ ।

वैज्ञानिकहरूले स्मार्टफोनको क्यामेरामा लेन्स लगाएर सो फोनले माइक्रोस्कोपले जस्तै काम गर्ने प्रविधि विकास गरेका हुन् ।

यसको सहयोगले स्मार्टफोनको स्क्रिनबाट कुनै पनि वस्तुलाई ठूलो देखाउन समेत मद्दत पुग्छ । युनिभसिर्टी अफ वाशिङ्गटनका एक इञ्जिनीयरले उक्त लेन्सको डिजाइन गरेका हुन् ।

यो उपकरणलाई ‘माइक्रो फोन लेन्स’ नाम दिइएको छ ।यसलाई कुनै पनि साधारण स्मार्टफोनमा लगाउन सकिन्छ ।प्लाष्टिकबाट बनेको यसको आकार शर्टको टाँक जत्रो छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL