Logo

ल्याण्डलाईन एक्टिभेसनमा शुल्क नलाग्ने, सबै सेवा निशुल्क

ल्याण्डलाईन एक्टिभेसनमा शुल्क नलाग्ने, सबै सेवा निशुल्क


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफो सेवाका विभिन्न पूरक सेवाहरु लिदा लाग्ने एक्टिभेशन शुल्क हटाएको छ । टेलिकमले सबै पुरक सेवामा शुल्क लिँदै आएकोमा सबै शुल्क खारेज गरेको हो ।

ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि लाग्दै आएको शुल्क पनि हटेको छ । त्यसैगरी टेलिकमले आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट गर्दा लाग्ने हुने सुविधालाई समेत निशुल्क गरेको छ ।

त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधालाई पनि निःशुल्क गरेको छ ।

टेलिफोन सेटमा राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL