Logo

नेपालमा आइफोनको मूल्य घट्यो, साथमा विशेष अफर

नेपालमा आइफोनको मूल्य घट्यो, साथमा विशेष अफर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइफोनले आफ्नो उत्पादनको मूल्य घटाएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा आइफोनको मूल्य घटेको जानकारी दिएको हो । कम्पनीका अनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६ हजार तोकिएको छ ।

त्यस्तै आइफोन सेभेन १२८ जीबीको गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९ हजार ८ सय तोकिएको छ । आइफोन सेभेन २५६ जीबी रु.१ लाख १२ हजार, आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.१ लाख ५ हजार र आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य रु.१ लाख १९ हजार तोकिएको छ ।

कम्पनीले आइफोन सेभेन प्लस २५६ जीबी ब्को मूल्य रु.१ लाख ३२ हजार सिक्स ६४ जीबी रु.६८ हजार , १२८ जीबी रु.७८ हजार र एसई ६४ को मूल्य रु.५२ हजार ५ सय तोकेको जानकारी दिएको छ ।

आइफोन सिक्स एस ३२ जीबी मूल्य रु.७२ हजार ८ सय र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य रु.१७ हजार ५ सयमा उपलब्ध गराएको हो ।

सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन । जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL