Logo

टेलिकमको ‘क्यास सर्भर’ले फेसबुकको स्पिड बढ्यो, शुल्क पनि कम

टेलिकमको ‘क्यास सर्भर’ले फेसबुकको स्पिड बढ्यो, शुल्क पनि कम


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विगत केही दिनयता टेलिकमका सेवाग्राहीले फेसबुक चलाउदा केही परिवर्तन पक्कै पाउनु भएको हुनुपर्छ । किनभने विस्तारै लोडिङ हुने फेसबुक अहिले तीव्र रुपमा चल्न थालेको छ ।

टेलिकमले फेसबुकको क्यास सर्भर राखेसँगै फेसबुकको गति तुलनात्मक रुपमा चुस्त भएको हो । टेलिकमले ‘क्यास सर्भर’ डाटालाई स्थानीयकरण गर्न नेपालमै सर्भर राखेपछि टेलिकमको इन्टरनेटबाट फेसबुक चलाउँदा स्पिड बढेका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘टेलिकमले गत हप्तादेखि क्यास सर्भर राखेको हो,’ उनले भने, ‘यससँगै टेलिकमको सीमबाट फेसबुक चलाउनेले सकारात्मक प्रतिक्रिया दिन थालेका छन,’ उनले भने ।

उनका अनुसार सर्भर नेपालमै राखेपछि टेलिकमको नेटवर्कमा फेसबुक चलाउँदा पहिलेको भन्दा छिटो हुने र पैसा पनि कम लाग्ने हुन्छ । ‘फेसबुकको वेबसाइट खोल्दा फेसबुकको मुख्य सर्भर रहेको अमेरिकासम्म पुगेर आउनपथ्र्यो र प्रत्येक पटक त्यसैगरी आउँदा गति सुस्त हुन्थ्यो,’ अधिकारीले भने,’ ‘अव सर्भर यही भएपछि त्यो समस्या हटेको छ ।’

त्यसैगरी नेपालबाट मुख्य सर्भरसम्म पुग्दा विभिन्न ‘क्यारिएरका एक्स्चेन्ज’ हुँदै जाने भएकोले शुल्क बढी लाग्ने उनले बताए । अधिकारीका अनुसार शुरुमा फेसबुक प्रयोगकर्ताले फोटो अपलोड गर्दा मुख्य सर्भरमा पुगेपछि पुन त्यही अपलोड भएको फोटो स्थानीय सर्भरबाट खुल्छ । जसले गर्दा गति तिव्र हुनुका साथै कम पैसा लाग्छ ।

मुख्य सर्भर र प्रयोगकर्ताबीचमा छुट्टै नेटवर्क स्थापित गर्ने सेवा हो जसले स्थानीय स्तरका ब्राउजिङ कन्टेन्टलाई स्टोर गर्छ । पहिले नै खोलिएका कन्टेन्टलाई अस्थायी वा स्थायी रुपमा स्टोरेज गरेर राख्ने यो सर्भरले छिटो पहुँच र डाटा खपत गर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL