Logo

नम्वर पोर्टाविलिटी अध्ययनका लागि ३ कम्पनी ‘सर्ट लिष्ट’मा, ग्राहकले पाउलान त सेवा प्रदायक छान्न ?

नम्वर पोर्टाविलिटी अध्ययनका लागि ३ कम्पनी ‘सर्ट लिष्ट’मा, ग्राहकले पाउलान त सेवा प्रदायक छान्न ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अव ग्राहकले कुनै जुनसुकै अवस्थामा पनि आफ्नो सेवा प्रदायक परिवर्तन गर्न पाउने भएका छन् । ग्राहकले कुनै प्रदायकको सेवा वा सेवाको मूल्य चित्त नबुझेमा हाल प्रयोग गरिरहेको नम्वरबाट अर्को कम्पनीको सेवा लिन सक्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि मोवाइल नम्वर पार्टाविलिटी (एमएनपी) को कार्यविधि तयार गर्न लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
जसअनुसार हाल एमएनपीको कार्यविधि तयार तथा अध्ययनका लागि ३ कम्पनी ‘सर्ट लिष्ट’मा परेका छन् । अध्ययनका लागि ४ अन्तरराष्ट्रिय कम्पनी छनौट गरिएकोमा ३ ओटा सर्ट लिष्टमा परेका हुन् । सर्ट लिष्टमा पर्ने कम्पनीमा लाउरेसिया एसोसेएट्स (जेभी) युके, अर्नस्ट योंग इण्डिया र रविन कन्सल्टेनिस नेदरल्याण्ड्स रहेका छन् । यसअघि छनौटमा परेको ४ कम्पनीमध्ये स्पेनको निरियो कन्सल्टिङ एसएल स्पेन भने सर्ट लिष्टमा परेको छैन ।

प्राधिकरणले छनौटमा परेका ति कम्पनीहरुलाई रिक्वेष्ट फर प्रपोजल (आरएफपी) पठाउन सूचना जारी गरेको थियो । सो को आधारमा सर्ट लिष्ट गरेको हो । अर्यालका अनुसार कार्यविधि तयार गर्नका लागि शुरुमा पाँच कम्पनीले आवेदन दिएका दिए । जसमध्ये एउटा स्वदेशी कम्पनी थियो । तर सो कम्पनी एमएनपीको कार्यविधि तयार गर्न अयोग्य भएको भन्दै प्राधिकरणको छनौटमा परेन ।

प्राधिकरणले सर्ट लिष्टमा परेका ३ कम्पनीको प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको छ । जसअनुसार सो प्रस्तावको आधारमा एउटा कम्पनी छनौट गर्ने उनले जानकारी दिए । त्यसपछी अध्ययनको काम शुरु गरिने अर्यालले जानकारी दिए । ‘परामर्शदाता नियुक्त गरेको ६ महिनाभित्र गाइडलाइन तयार गरिने छ’ अर्यालले भने ‘त्यसपछि कार्यान्वयनको चरणमा जान छलफल हुन्छ,’ उनले भने । पछिल्लो समय मोबाइल सेवा प्रदायकका साथै सेवाग्राहीको संख्या बार्षिक रुपमा बढ्दै गएपछि त्यसको उचित व्यवस्थानपनका लागि एमएनपी लागु गर्न लागिएको बताइएको छ ।

प्राधिकरणले शुरुमा जिएसएम सेवाका लागि एमएनपी लागू गराउने गृहकार्य थालेको हो । ‘पहिलो चरणमा जिएसएम र त्यसपछि अन्य सेवामा यो लागू गर्ने योजना रहेको छ’ उनले भने । एमएनपीको गाइडलाइनमा नम्बर कसरी बनाउने, नेटवर्क कसरी गर्ने, सेवा प्रदायकको पूर्वाधार कस्तो हुनेलगायत विषय समावेश हुने झाले जानकारी दिए । एमएनपी लागु गरेपछी सेवाप्रदायकबीच सुविधा बढाउन प्रतिस्पर्धा हुने भएकोले त्यसको फाइदा उपभोक्ताले पाउने उनले बताए ।
कुनै ठाउँमा आफुले सेवा लिएको दूरसञ्चार कम्पनीको सेवा उपलब्ध छैन भने पनि आफ्नै मोबाइल नम्बरमा त्यहाँ उपलब्ध नेटवर्कमार्पmत सेवा लिन सक्नेछन् । नेपालमा मोवाइल पोर्टाविलिटीको चर्चा विगत २ बर्षदेखि चलेपनी विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन सकेको थिएन । मोवाइल सेवा प्रदायकहरुको ग्राहकको संख्या सन्तुलित नहुँदा एमएनपी सञ्चालनमा आउन नसकेको हो । हाल विश्वका ७५ भन्दा बढी मुलुकमा यो सुविधा छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL