Logo

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको भुमिका, यस्तो छ विज्ञहरुको सुझाव

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको भुमिका, यस्तो छ विज्ञहरुको सुझाव



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीमा हाल भईरहेका प्रयासहलाई अझै महत्वका साथ अघि बढाउनुपर्ने बताएका छन । नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधिहरूको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रममा प्रविधि विज्ञहरुले सो कुरा बताएका हुन ।

laxmi

पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न १२ जना विज्ञ तथा इन्नोभेटरहरूले आफूले विकास गरिरहेका प्रविधि र त्यसको प्रयोगको बारेमा जानकारी गराए । कार्यक्रमको सुरुवात गर्दै पूर्वमन्त्री शाहले संकटमा समाधानका उपायहरू खोज्ने हाम्रो प्रयासले नै उपलब्धि हुने बताउँदै नेपालमा पछिल्लो सयम भइरहेका इन्नोभेसन र प्रविधिका प्रयासहरूको प्रशंसा गरे । सरकार र सम्बन्धित निकायमा लबिङ गरी कलेक्टिभ एप्रोचमा काम गर्न आफूले प्रयास गर्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नाष्टका विज्ञ डा. रमेश मास्केले अहिले भइरहेका प्रयासहरूको सराहना गर्दै यसलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए । नाष्टले पनि यस क्षेत्रमा रिसर्च र नयाँ प्रविधिहरूको प्रयोगतर्फ काम गरिरहेको हुँदा विभिन्न संस्था तथा कम्पनीहरूले गरिरहेका प्रयासलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले औंल्याए । कार्यक्रममा नेपालमा पछिल्लो सयम कोभिड १९ लाई लिएर भइरहेको सरकारी, गैरसरकारी, निजी प्रयासबाट विकास भइरहेका प्रविधि र प्रयोगको बारेमा लिभिङ विथ आइसिटीका राजन लम्सालले प्रस्तुति दिएका थिए ।

यस्तै डा. विशेष खनालले आफ्नो प्रस्तुति राख्दै एआई र मेशिन लर्निङको प्रयोग गरी कोभिड १९ को रोकथाममा काम गर्न सकिने बताए । कुन कुन क्षेत्रमा संक्रमित छन् र त्यसको अवस्था कसरी नियन्त्रणमा लिने, कुन क्षेत्रमा लकडाउन आवश्यक छ र कुनमा छैन भन्ने कुरा विभिन्न प्रविधिको प्रयोग गरी अपडेट गराउन सकिने उनको भनाइ थियो । खनालले गोलु नामक च्याटबटको पनि विकास गरेका छन । यसैगरी एनरेनका भूषणराज श्रेष्ठले कोभिड सर्भिलेन्स एप्लिकेशनको काठमांडौं, ललितपुर महानगरपालिकाहरूले प्रयोग गरिरहेको र यसलाई प्रभावकारी बनाउन अझै काम गरिरहेको जानकारी दिए । भरतपुर, वीरगञ्ज महानगरमा प्रयोग भइरहेको क्वारेन्टाइन एप तथा स्मार्टपालिकाका मनोज भट्टराईले एकीकृत रूपमा काम गर्न सके प्रविधिको पहुँच विस्तार गर्न सहज हुने बताए । उनले आफूले विकास गरेको सिस्टम ७५३ वटै स्थानीय निकायमा निःशुल्क दिन तयार रहेको जानकारी दिए ।

रोबोटिक्स एशोसिएशनका अध्यक्ष विकास गुरुङले विभिन्न संस्था, कम्युनिटी र स्टार्टअपहरूसँग सहकार्य गरी विभिन्न नयाँ प्रविधिहरूको विकास गरेको जानकारी दिए । फुड डेलिभरी रोबोट, एयर भेन्टिलेटर, स्बाव कलेक्सन बुथ जस्ता कामहरू भइहरको उनले बताए । टेक्नोलोजी सेल्स प्रालिका रामलक्ष्मण रिमालले आफूहरूले ब्लुटुथमा आधारित ट्र्याकिङ सिस्टम विकास गरेर र दूरदराजमा पनि सेवा दिनेगरी सरकारसँग मिलेर काम गर्न सकिने बताए । फ्युज मेशिन्सका सगुन श्रेष्ठले ओपन प्लाटफर्ममा विकास गरिएको कोभिड डटओआरजीले कोरोनाको लाइभ अपडेट, स्थानीयस्तरका अस्पताल र सरकारी तयारीको बारेमा समेत जानकारी दिने गरेको बताए ।

कार्यक्रममा ड्रोन नेपालका तर्फबाट दर्पण पुडासैनीले आफ्नो समूहले गरिरहेका विभिन्न कामहरूको बारेमा बताए । उनले काठमाडौंमा ड्रोन म्यापिङको काम गरिरहेको जानकारी दिए । इन्जिनियर एशोसिएशनका सुरज गौतमले सेनिटाइजेसन टनेल लगायतको प्रविधि विकास गरिरहेको बताए । यसैगरी आउटलाइन रिसर्चका सगुन ढाकुवा, कोड फर कोरका प्रमोद पोख्रेलले आफूहरूले गरिरहेका कामहरूको बारेमा अवगत गराए । कार्यक्रममा सरकारले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशन, सर्भे सिस्टमहरूको बारेमा छलफल भएको थियो । निजी क्षेत्रबाट महावीर पुनदेखि अनलाइन डाक्टर कन्सल्टेसन सेवा दिइरहेका प्रविधिहरूको बारेमा छलफल भएको थियो ।

हेमपाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा आइटी विज्ञ मनोहर भट्टराईले यहिलेको अवस्थामा कस्तो प्रविधि आवश्यक छ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुरा राखेका थिए । सयौंको सहभागितामा आयोजना भएको अनलाइन अन्तरक्रिया कार्यक्रमले कोभिड १९ को रोकथाम र नियन्त्रणमा भइरहेका प्रविधिहरूको प्रभावकारितामा जोड दिइएको थियो । सरकारबाट भइरहेका विभिन्न प्रयासहरूलाई एकीकृत रूपमा अघि बढाउन, विभिन्न एपहरूले लिइरहेका तथ्यांकहरूको मोनिटरिङ गर्न, डेटा प्राइभेसीमा ध्यान दिन सबैले जोड दिएका थिए । अहिले नेपालमा स्वास्थ मन्त्रालयले हाम्रो स्वास्थ र गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेकाको निगरानीको लागि कोबडी एप सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट एक दर्जन बढी एप्लिकेशन, अनलाइन कन्सल्टेसनका कामहरू भइरहेका छन् ।

चीन, दक्षिण कोरिया, ताइवान, सिंगापुर जस्ता देशहरूले कोरोना नियन्त्रण तथा रोकथाममा केही प्रविधिहरू प्रभावकारी रूपमा प्रयोग गरेका छन् । ब्लुटुथमा आधारित कन्ट्याक्ट ट्रेसिङ, एआई मार्फत रोग पहिचान गर्ने र पूर्वानुमान लगाउने, ब्लकचेन प्लाटफर्मले बिरामी प्रोसेसिङलाई छिटो गर्ने, मेडिकल आपूर्ति पु¥याउन ड्रोन, औषधिको विकास गर्न एआई एल्गोरिदम र कम्प्युटिङ पावरको प्रयोग, खाना तथा औषधि पु¥याउन र सरसफाइमा रोबोटको प्रयोगसँगै कोरोना भाइरसको भ्याक्सिनमा सुपर कम्युटिङ लगायतको प्रयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL