Logo

कोरोनाको सुचना र परामर्शका लागि टीडीओ नेपालको वेब पोर्टल संचालनमा

कोरोनाको सुचना र परामर्शका लागि टीडीओ नेपालको वेब पोर्टल संचालनमा



काठमाडौ. । लकडाउनले विगत २ हप्तादेखि नेपालमा जनजीवन प्रभावित गरेको छ । उद्योग, कल कारखाना, कार्यलयहरु बन्द छन् देशको प्राय स्थानमा अस्पताल र डाक्टरहरुको ओपिडी पनि बन्द छन् । स्वास्थ्य क्षेत्रहरु संचालन भैरहेको अवस्थामा नियमित आपतकालीन सेवाहरुका लागि सहायता भईरहेको छ ।

laxmi

नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध छैन । साथै, इन्टरनेटमा सूचनाको बाढीले गर्दा पाठकहरुको दिमागमा संकाहरुको चाङ थपिरहेको छ । एउटा सामान्य खोकी, ज्वरो वा रुघाले चिन्ता र डर उत्पन्न गराइरहेको छ र त्यसतर्फ ध्यान दिन आवश्यक पनि छ ।

चिकित्सकिय हिसाबले सही जानकारी प्रदान गर्ने सेवालाई सहायता प्रदान गर्न र नेपालको आम जनतालाई टेलीमेडिसिन परामर्श प्रदान गर्न, टिडीओ नेपाललले वेब पोर्टल संचालनमा ल्याएको छ ।
एउटा अनलाइन मोबाइल हेल्थ सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले वेबमा आधारित उक्त पोर्टल संचालनमा ल्याएको हो । उक्त वेब पोर्टल मोबाईल, ट्याब्लेट र कम्प्युटरमा खोल्न सकिनेछ ।
यसमार्फत ज्वरो, रुघा, खोकी र कोभिड(१९ सम्बन्धी कुनै भाइरल लक्षणहरु सम्बन्धी प्रश्न र जिज्ञासाहरुको निशुल्क परामर्श र लिन सकिनेछ ।

यति मात्र नभएर यो सेवाले एउटा च्याटबोटमा आधारित लक्षण जाँच्ने प्रणाली आफ्नो प्रयोगकर्ताहरुको लागि सक्षम गरेको छ जुन उनीहरुले कोभिड(१९ को सम्भाव्यता जाँच गर्न प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताले आवश्यक जानकारी जस्तै हेल्पलाइन नम्बरहरु, सम्पर्क नम्बर र कोभिड(१९ को लागि परिक्षण केन्द्रहरुको ठेगाना साथै कोभिड(१९ बारे सामान्यता बारम्बार सोधिने प्रश्नहरु र तिनीहरुको उत्तरहरु प्राप्त गर्न सकिनेछ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले ब्राउजरमा अंग्रेजीमा नेपालफाईट्सकोरोना डट कम टाईप गरी सर्च गर्न सकिनेछ । त्यसपश्चात यसमा भएका विभिन्न विजेटमा आफुअनुकुल काम गर्न र सेवा लिन सकिनेछ ।

टिडीओ नेपालले गत हप्ता मात्रै रुघा, खोकी, ज्वरो र कोभिड(१९ सम्बन्धित विषयमा मात्रै ३ हजार बिरामीहरुको जिज्ञासा समाधान गरेको छ । आफ्नो पार्टनरहरु जस्तै एनसेल, एसआरएल डायग्नोस्टिक नेपाल, लिभिङ विथ आइसीटी र टेलिनेटबाट प्रचार सम्बन्धी सहायता पाएर, उनीहरुको कोभिड१९ पोर्टलको ट्राफिक प्रत्येक दिन दोब्बर हुँदैछ र ठुलो जनसंख्यामा पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL