Logo

एशियामै पहिलोपटक डाटासेन्टर स्थापना गर्दै फेसबुक, सवा खर्ब लगानी

एशियामै पहिलोपटक डाटासेन्टर स्थापना गर्दै फेसबुक, सवा खर्ब लगानी



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले एशियामै पहिलोपल्ट डाटा सेन्टर बनाउने भएको छ । कम्पनीले सिंगापुरमा १ अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको हो ।

नवीकरणीय ऊर्जाको प्रयोग गरिने उक्त सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।

उक्त सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले जानकारी दिए । उनका अनुसार करिब १ लाख ७० हजार वर्ग्फिटमा फैलिने ११ तले सो अत्याधुनिक सेन्टरको तापमान जहिल्यै २५ डिग्री सेल्सीयसको हाराहारीमा रहनेछ ।

फरलङका अनुसार एशियामै पहिलो पटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये यो पन्ध्रौं हो ।

यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको फरलङले बताए ।

गूगलले पनि यहाँ दुईवटा डाटा सेन्टर निर्माण गरेको छ । यसै महिना गूगलले तेस्रो डाटा सेन्टर करिब ८५ करोड अमेरिकी डलरमा निर्माण गर्न लागेको घोषणा गरेको छ ।

एसियामा निकै लोकप्रिय भएपनि फेसबुकमाथि म्यान्मारमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि घृणा र द्वेष फैल्याउन तथा सत्तारुढ पक्षलाई मद्दत गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL