Logo

महासंंघमा सुरु भयो भाँडभैलो, अध्यक्ष भवानी राणाले डाकेको स्थायी समितिको बैंठक दुई तिहाई सदस्यले गरे बहिस्कार

महासंंघमा सुरु भयो भाँडभैलो, अध्यक्ष भवानी राणाले डाकेको स्थायी समितिको बैंठक दुई तिहाई सदस्यले गरे बहिस्कार



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा पुन भाँडभैलो सुरु भएको छ । महासंघका अध्यक्ष भवानी राणाले बाधा अड्काउ फुकाउको एजेण्डा सहित सोमबार २ बजेका लागि डाकेको स्थायी समितिको बैंकठलाई दुई तिहाईभन्दा बढी सदस्यले बहिस्कार गरेपछि समस्या उत्पन्न भएको हो ।

laxmi

राणा नेतृत्वको महासंघले व्यवसायीक हकहितका लागि काम गर्न नसकेको भन्दै बहुमत सदस्यहरुले असन्तुष्टी जाहेर गर्दै आएका थिए । तर, आजको बैंकठमा ब्यवसायीका समस्या समाधानभन्दा पनि आफ्नो कार्यकाल लम्ब्याउने गरी एजेण्टा ल्याएपछि स्थायी समितिका १३ जना सदस्यले बैंठक नै बहिस्कार गरेको एक सदस्यले जानकारी दिए ।

कुल १९ जनाको स्थायी समिति सदस्यमा ६ जनाको मात्र उस्थिती रहेको थियो । संघीय संरचनामा गएको महासंघमा ६ वटा प्रदेशका अध्यक्षहरुले भवानी राणाले डाकेको स्थायी समितिको बैठक बहिस्कार गरेका थिए । यसैगरी पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकाल, एशोसिएट्स उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसी गरी ४ जना पदाधिकारीले उक्त बैंठक बहिस्कार गरेका थिए । यसैगरी अकोश तोदी, दिलसुन्दर श्रेष्ठ लगायतका स्थायी समिति सदस्यहरुले पनि अध्यक्ष राणाले डोकेको बैंठक बहिस्कार गरेका थिए । बैंठक बहिस्कार गर्ने १३ जना स्थायी समिति सदस्यले अध्यक्ष राणाले महासंघको विधान अनुरुप कामकारबाही नगरेको र गैरकानुनी एजेण्टाहरु आएको भन्दै लिखित रुपमै जवाफ दिएका थिए ।

जुमबाट गरिएको भर्चुअल बैंठकमा महासंघका अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, बागमती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ र शकुन्तलाल हिराचनको मात्र उपस्थिती रहेको थियो । बैंकठमा उपस्थिती भएका स्थायी समिति सदस्य शकुन्तला हिराचनले पनि अध्यक्ष राणाले राखेको एजेण्डा महासंघको विधान अनुरुप नभएको जवाफ दिएको उक्त स्रोतले जानकारी दिएको छ ।

महासंघको विधान अनुरुप कार्यकाल सकिएको बढिमा ३ महिनासम्म समय थप गर्न सकिनेछ । कोरोना पछिको लकडाउनको कारण चैत २८।२९ गते तोकिएको मितिमा महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन नसकेपछि जेठ ७ गतेका लागि मिति तय गरिएको थियो । सो मितिमा पनि सम्भव नभएपछि महासंघको बहुमत सदस्यहरुले महासंघको विधानलाई बैधानिकता दिन असारभित्रै निर्वाचन गर्नेगरी मिति तय गर्न माग गर्दै आएका थिए । तर अध्यक्ष राणाले समस्या समाधानभन्दा पनि गैरकानूनी रुपमा आफ्नो कार्यकाल लम्ब्याउने गरी प्रस्ताव ल्याएपछि दुई तिहाईभन्दा बढी स्थायी समिति सदस्य रुष्ट भएका थिए ।

पछिल्लो समय अध्यक्ष राणाले व्यवसायीक हकहितभन्दा पनि महासंघलाई प्रयोग गरी सिमित व्यक्तिको स्वार्थमा काम गर्न थालेको भन्दै जिल्ला नगर लगायत बहुमत सदस्यहरुले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै आएका थिए । अध्यक्ष राणाले आज डाकेको बैंठक दुई तिहाई स्थायी समिति सदस्यहरुले बहिस्कार गरेसँगै यस अघि उनले भर्चुअल मिटिङबाट गरेका बैंठक तथा निर्णयहरु समेत अवैधानिक भएको महासंघका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

उनलाई महासंघभित्र जुन खेमाले अध्यक्ष बनायो अहिले सोही खेमानै उनको विपक्षमा देखिएको छ । र उनलाई मनोनित गरेर सदस्य बनाउनेदेखि विधान संसोधन गरी अध्यक्ष बनाउन समेत महत्वपूर्ण भुमिका खेलेका महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले नै अहिले अध्यक्ष राणाको कामप्रति असन्तुष्टी जनाउँदै आएका छन् । साथै अध्यक्ष बनाउनका लागि विधान संसोधनका लागि महत्वपूर्ण भुमिका खेलेका पूर्व अध्यक्षहरु तथा अन्य पदाधिकारीहरु नै उनको कार्यशैलिप्रति विरोध जनाएर विपक्षमा उभिनुले राणाको कार्यकाल नै असल भएको सन्देश दिने महासंघको एक कार्यसमिति सदस्यले जानकारी दिए ।

सो विषयमा जानकारी लिन खोज्दा महासंंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले अध्यक्षले ल्याएको एजेण्डा महासंघको विधान अनूरुप नभएकाले आफुहरुले उक्त बैंठकनै बहिस्कार गरिएको जानकारी दिए । ‘सोमबार बस्ने भनिएको स्थायी समिति बैंठकमा अध्यक्ष राणाले महासंघको हितभन्दा पनि व्यक्तिगत स्वार्थका एजेण्डा ल्याएपछि बहुमत सदस्यले उक्त बैंठकमा बहिस्कार गरेका छौं,’ उनले भने, ‘अध्यक्षले सिमिति व्यक्तिको स्वार्थभन्दा पनि महासंघ भित्र रहेका सम्पूर्ण उद्योगी व्यवसायीको हितमा केन्द्रित गरेर एजेण्डा नल्याएसम्म हामीले बैंठकमा सहभागी हुने छैनौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL