Logo

मन्त्रीकै अगाडि कर्मचारीको धम्की : जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न दिदैनौं, कर्मचारीको भत्ता काट्नेको हात काटिने छ

मन्त्रीकै अगाडि कर्मचारीको धम्की : जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न दिदैनौं, कर्मचारीको भत्ता काट्नेको हात काटिने छ



काठमाडौं । आज नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो २१ औं बार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा प्राधिकरणले राजधानीमा आयोजना गरेको कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणको ट्रेड युनियनका अध्यक्ष श्रवनकुमार यादवले जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न नदिने बताएका छन् ।

laxmi

सरकारले प्राधिकरणलाई टुक्रयाएर नियामक निकाय र सेवाप्रदायकलाई छुट्टा छुट्टै बनाउने तयारी अन्तिम अवस्थामा पुर्याएको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराई उपस्थित रहेको काार्यक्रममै प्राधिकरण युनियन अध्यक्षले यस्तो चेतावनी दिएका हुन् ।

यादबले प्राधिकरण बिभाजनको (नियामक निकाय र सेवा प्रदायक) बिरुद्धमा दोस्रो चरणको आन्दोललनमा रहेको बताउँदैं प्राधिकरण २१ बर्ष अगाडि स्थापना के उद्देश्यले भयो र अहिले के भयो भन्ने प्रश्नन पनि उठाए । ‘के प्राधिकरण २१ बर्षको लागिमात्र स्थापना भएको थियो ? ऐनमा भएको कुरा सबै लागू भएको हो ? यसको समीक्षा गर्नु जरुरी छ’, यादबले भने ।

यादबले संस्था टुक्रयाए पनि उड्डयन क्षेत्रमा समस्या नआउला भन्न नसकिने बताउँदै त्यसलाई पुष्टि गर्ने रिपोर्टहरु आफुहरुसँग रहेको बताए । अन्तराष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओले) नेपाली वायुसेवामाथिको कालोसूची हटाएको २ बर्ष भएपनि ईयुले नहटाउनुमा अर्कै स्वार्थ रहेको यादबले बताए । ‘भोलि पोखरा लुम्बिनीलगायतका विमानस्थल हामीलाई संचालन गर्न देउ अनि कालोसूची हटाउला भनेर इयूले भन्ला । एक पछि अर्को शर्त राख्दै जाँदा हामी कहिले उड्ने युरोप ? युरोपबाटै ४ वटा जहाज ल्याईसकेका छौं । कतार, दुबइ किन हुँदैन ? युरोप नै घुस्नु पर्ने ?’ यादबले प्रश्न गरे ।

यादबले जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न नदिने दोहोर्याउँदैं मन्त्रीलाई ज्ञापन पत्र बुझाउन खोज्दा वास्ता नगरेको बताउँदैं मन्त्रालयमा गएर दर्ता गरेको बताए । उनले बन्दुक नै देखाएर सोधे पनि कुनै कर्मचारीले संस्था बिभाजन गर्नु पर्छ भनेर नभन्ने बताउँदै प्राधिकरण नेतृत्व प्रति नै पश्न तेर्साए । ‘तपाईहरु नियमक निकायमा हुनुहुन्छ, अहिलेसम्म के–कति प्रगति भयो, के काम गरिरहनुभएको , तपाईं कति दिन बस्नुहुन्छ मन्त्री, डिजी भएर ?’ उनले भने ।

यादबले सरकारले दिने कर्मचारी भत्ता काट्ने हिम्मत कसैको नभएको बताउँदै हिम्मत भए अगाडि आउन चुनौती दिदै अगाडि आउनेको हात काटिने चेतावनी पनि दिए । उनले सहसचिव पद छोडेर आउने, डिजी पद खाने भन्दै दुबैं हातमा लड्डु खाने तपाईहरु भन्दै नेतृत्वलाई कडा प्रहारसमेत गरे । यादबले महानिर्देशकको कार्यालय तथा मेनगेटसम्म ताल्चा मार्ने र जेल जानु परे पनि जाने तर, प्राधिकरण टुक्र्याउन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL