Logo

नागरिक उड्डयन प्राधिकरणको सम्झनामा श्रेष्ठ र भोछिभया : भन्छन् ‘उहाँहरुको निधनले प्राधिकरण अपाङ्ग भएको छ’

नागरिक उड्डयन प्राधिकरणको सम्झनामा श्रेष्ठ र भोछिभया : भन्छन् ‘उहाँहरुको निधनले प्राधिकरण अपाङ्ग भएको छ’



काठमाडौ । बुधबार हेलिकोप्टर दुर्घटनामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का एरोड्रम इञ्जिनियरका प्रमुख ध्रुब भोछिभया र प्रवक्ता तथा उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठको मृत्युले नागरिक उड्डयन क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

laxmi

नागरिक उड्डयन प्राधिकरणमा २०४६ सालमा सेवा प्रवेश गरेका विरेन्द्रप्रसाद श्रेष्ठ र २०४७ सालमा सेवा प्रवेश गरेका भोछिभयाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँगै बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

श्रेष्ठले प्राधिकरणका इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इन्जिनियरको उपमहानिर्देशकको रुपमा काम गरिसकेका छन । त्यस्तै उनले एक वर्ष महाप्रवन्धकको रुपमा समेत प्राधिकरणमा काम गरिसकेका छन ।

सञ्चार, उड्डयन, नेभिगेशन र सर्वेलेन्टका विज्ञका रुपमा रहेका श्रेष्ठ अत्यन्त सरल मृदुभाषी र सबैसँग नम्र रहने श्रेष्ठको निधनले प्राधिकरण अपाङ्ग जस्तै भएको प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिएका छन । श्रेष्ठको एक छोरा र एक छोरी छन ।

हाल कर्पोरेट निर्देशनालयको निर्देशक समेत रहेका श्रेष्ठको जिम्मेवारीमा प्राधिकरणको बजेट, टोल प्लानिङ, मानव संसाधन रहेको थियो ।

त्यस्तै सँधै आफ्नो कामलाई तदारुक्ताका साथ गर्ने, कुनै पनि निरीक्षणको काम आफैं गर्न तत्पर रहने, आफ्नो काम आफैं गरौं भन्ने भोछिभया भने एरोड्रम इन्जिनियरिङ डिपाटमेन्टका निर्देशक हुन ।

बनेपा घर भएका भोछिभया हाल बागबजारमा बस्दै आएका थिए । उनका ३ जना छोरी डाक्टर र एक छोरा इञ्जिनियर रहेका छन ।

‘श्रेष्ठ र भोछिभयाको मृत्युले प्राधिकरणलाई ठूलो क्षति भएको छ, गौतमले भने ‘कुनै पनि तरिकाबाट उहाँहरु जस्तो विज्ञको परिपूर्ति हुन सक्दैन, भईहाले पनि प्राधिकरणले लामो समय खर्चिनु पर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL