Logo

गुपचुप राख्न खोजिएको विमानस्थलमा पसल सञ्चालनको फेरि टेन्डर आह्वान, तीन बर्षलाई ठेक्का लगाईंदै

गुपचुप राख्न खोजिएको विमानस्थलमा पसल सञ्चालनको फेरि टेन्डर आह्वान, तीन बर्षलाई ठेक्का लगाईंदै



काठमाडौं । गत हप्ता एउटा विषयले निकै चर्चा पायो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो तलामा पसल सञ्चालनका लागि प्रकाशन गरिएकोे बोलपत्र आह्वानको सूचना सहितको विज्ञापन गायब गरियो भन्ने ।

विमानस्थलमा रहेका पसलमा बजार मूल्यभन्दा अत्यधिक मूल्यमा सामान विक्रि हुँदै आएको छ । त्यहाँ पसल सञ्चालन गरे अधिक नाफा कमाउन सकिने मनसाय व्यवसायी अथवा बिचौलिया कम्पनीको हुने गर्छ । त्यसैले पनि पसल सञ्चालनको सूचना धेरै माझ नपुगोस भन्ने उद्देश्यसहित विज्ञापन नै गायब बनाइएको कुरा बाहिर आएको छ ।

विज्ञापन गायब भएको चर्चा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले सोमबार दुई ओटा बोलपत्र आह्वानको सुचना गोरखापत्रमा प्रकाशन गरेको छ । कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ प्रतिक्षालयमा १० वर्ग मिटर क्षेत्रफलमा चिया÷कफि पसल सञ्चालन र सोही भवनको प्रस्थानतर्फ पहिलो तलामाा ब्रान्डेड पसल सञ्चालनको लागि ठेक्का आह्वान गरेको छ ।

तीन बर्षको अवधिको लागि दिइने उक्त ठेक्काको लागि सोमबारदेखि नै गणना हुने गरी ३० दिनभित्र निवेदन पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL