Logo

के उद्योग मन्त्री यादवसँग सशंकित छ निजी क्षेत्र ? यसो भन्छन् व्यवसायी

के उद्योग मन्त्री यादवसँग सशंकित छ निजी क्षेत्र ? यसो भन्छन् व्यवसायी


बिजखबर संवाददाता
2.1k
Shares

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई नियुक्त गरेसँगै उद्योगी व्यापारीहरुबीच एक किसिमको खैलाबैला शुरु भएको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा बन मन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारी (एलडिओ)लाई घुस लिएको भन्दै ट्वाइलेटमा थुनेर चर्चामा आएका मन्त्री यादकको कडा स्वभावप्रति व्यसायीहरु त्रसित बन्न पुगेका हुन् ।

उनको त्यो स्वभाव उद्योग मन्त्री हुँदा पनि लागू हुने हो कि भन्दै एकथरी व्यवसायीहरु त्रसित बन्न थालेका छन् । तर, उद्योगी व्यवसायीले भने मन्त्रीको स्वभावभन्दा पनि सरकारको नीति नियम अनुसार काम गर्दा जो कोही व्यक्ति मन्त्री भएपनि असर नपर्ने बताएका छन् । सरकारको नीति नै आर्थिक विकास पहिलो प्राथमिकता भएकाले अब भन्ने मन्त्रीले त्यसैलाई रिरोधार्य गरेर अघि बढ्ने भएकाले काम गर्न सहज हुने सम्बद्ध व्यवासीहरु बताउँछन् ।

मन्त्री यादवले पदभार ग्रहणसँगै कर्मचारीलाई निर्देशन दिँदै आफुले सबैसँग मित्रवत व्यवहार गर्ने तर अनुशासन तोडेर गढबड गर्नेका लागि आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘हामीले भाषणभन्दा पनि मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने छ ।’ साथै आगामी दिनमा योजनाबद्ध तरिकाबाट कार्यक्रम ल्याउने समेत उद्घोष गरेका छन् । तर आफु गत बाटोमा हिड्न खोजेमा सुझाउन समेत आग्रह गरेका छन् ।

आर्थिक सम्बृद्धिबाटै मुलुक अघि बढ्ने सरकारको नीति पनि सोही अनरुप भएकाले नयाँ बनेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीले पनि सोही अनुरुप काम गर्ने विश्वास लिएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताईन । ‘विश्वका कुनै पनि मुलुक खुला अर्थतन्त्र विना अघि बढ्न सकेको छैन,’ उनले भनिन्, ‘तसर्थ नेपालमा पनि उद्योग मन्त्रीले सोही अनुरुपको नीति पच्छ्याउँदै व्यवसवायी मैत्री वातावरण निर्माण गर्नुहुन्छ भन्नेमा आशाबादी छौं ।’

उद्योग मन्त्रालयल र नेपाल उद्योग बाणिज्य महासंघले देशमा उद्योग कलकारखाना स्थापनका लागि एकअर्कामा परिपुरकको रुपमा काम गर्नुपर्ने बताउँदै जसका लागि नवनियुक्त उद्योगमन्त्रीले सोही अनुरुपको वातावरण निर्माण गर्नेमा आफु ढुक्क रहेको उनको भनाई थियो ।

यसैगरी नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्माले पनि परिसंघ तथा सम्बद्ध उद्योगी व्यवसायीले सरकारको नीति अनुरुप आफ्ना उद्योग धन्दा संचालन गर्ने भएकाले कुन व्यक्ति मन्त्री बन्छ भन्ने कुराले फरक नपार्ने बताए । ‘हामी सरकारको नीति नियमलाई पच्छ्याएर व्यवसाय गर्ने उद्योगी हौं,’ उनले भने, ‘जनमत लिएर आएको स्थायी सरकारले आर्थिक एजेन्डालाई प्रमुख बनाएकाले मन्त्रीले पनि सोही अनुरुप काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’

अहिले उद्योगी व्वयसायीहरु आशावादी भएको र उद्योग मन्त्रीले पनि व्यवसायीलाई सोही अनुरुपको व्यवहार गर्छन भन्नेमा विश्वस्त रहेको उनको तर्क छ । ‘अहिले बनेको सरकारको नीति नै उद्योग कलकारखाना प्रवद्र्धन गर्ने भन्ने खालको छ,’ उनले भने, ‘उक्त नीति अनुसारको काम गर्न पनि व्यवसायीमैत्री वातावरण बनाउनुको विकल्प छैन ।’

सरकारको नीति अनुरुप नै सरकार चल्ने भएकाले नवनियुक्त उद्योगमन्त्रीले पनि लगानीमैत्री वातावरण बनाउन सोही अनुरुपको काम गर्ने नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताए । सरकारले दोहोरो अंकको आर्थिक बृद्धिकाुे लक्ष्य लिएको र सोका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्ने भन्दै सोका लागि उद्योग मन्त्रीले उद्योगी व्यवसायीसँग सहकार्य गरेर काम गर्नेका आशावादी रहेको उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL