Logo

तीन सय शैथ्याको क्यान्सर अस्पताल बन्दै, २ अर्ब ५० करोड लगानी

तीन सय शैथ्याको क्यान्सर अस्पताल बन्दै, २ अर्ब ५० करोड लगानी


बिजखबर संवाददाता
0
Shares

झापा । झापामा ३ सय शैथ्याको क्यान्सर अस्पताल बन्ने भएको छ । विर्तामोडस्थित बिएण्डसी अस्पताल परिसरभित्र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्न लागेको हो ।

करिब २ अर्ब ५० करोड रुपैयाँको लागतमा बन्न लागेको सो अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लागेको हो । ६ महिनाभित्र भवन निर्माण गरी अस्पताल संचालनमा ल्याइने विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

नेपालमा क्यान्सरका रोगी दिन प्रतिदिन बढ्दै गएको र बिरामीलाई सहजरुपमा सेवा दिन झापामा क्यान्सर अस्पताल बनाउन शुरु गरिएको सोही अवस्पतालमा डाक्टर वीरेन्द्रकुमार यादवले बताए । ‘अहिले ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीलाई ‘रेडिएसन’को आवश्यकता पर्दछ,’ उनले भने, ‘सो सुविधा यस अस्पतालले प्रदान गर्नेछ ।’

यसअघि बिएण्डसी अस्पतालले क्यान्सरका रोगीलाई रेडिएसन बाहेकका सेवा प्रदान गर्दै आइरहेको छ । १५ कठ्ठा जमिनमा निर्माण शुरु भएको सो अस्पतालले नेपाल सहित भारतका क्यान्सर विरामीलार्य पनि सेवा प्रदान गर्नेछ /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL